२९ जेठ २०८३, शुक्रबार

भक्तपुरका मतदानस्थलमा १५०० सुरक्षाकर्मी परिचान

बैशाख २६, २०७९
भक्तपुरका मतदानस्थलमा १५०० सुरक्षाकर्मी परिचान

स्थानीय तहको निर्वाचनका लागि जिल्ला प्रशासन कार्यालय भक्तपुरले स्थानीय तह रणनीतिक सुरक्षा योजना तयार गर्दै एक हजार ५०० सुरक्षाकर्मी परिचानल गर्ने भएको छ । जिल्लाका चार नगरपालिकाको सबै मतदानस्थल तथा मतदान केन्द्रको सुरक्षाका लागि नेपाल प्रहरी ५१५, म्यादी प्रहरी ७७०, सशस्त्र प्रहरी २०३ जना गरी एक हजार ४९३ सुरक्षाकर्मी परिचानलन गरेको भक्तपुरको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् । सुरक्षाका लागि आवश्यकताअनुसार नेपाली सेनाको सुरक्षा टोलीसमेत थप परिचालन गर्ने जानकरी दिइन् ।

    भक्तपुरमा कूल ७७ मतदानस्थल र २१९ वटा मतदान केन्द्र छन् । भक्तपुर नपामा १६ मतदानस्थल ६२ मतदान केन्द्र, चाँगुनारायण नपामा २१ मतदानस्थल ५३ मतदान केन्द्र, सूर्यबिनायक पामा २३ मतदानस्थल ५८ मतदान केन्द्र र मध्यपुरथिमि नपामा १७ मतदानस्थल ४६ मतदान केन्द्र निर्धारण गरेको छ । 

जिल्लाका चार नपाहरूमा भक्तपुर नपामा २७ हजार ६५६ पुरुष २९ हजार ६१४ महिला गरी कूल ५७ हजार २७०, चाँगुनारायण नपामा २१ हजार ०९८ पुरुष र २२ हजार सात महिला गरी कूल ४३ हजार १०५, सूर्यबिनायक नपामा २२ हजार ९८०  पुरुष, २४ हजार ३८५ महिला र दुईजना तेस्रो लिङ्गी गरी कूल ४७ हजार ३६७, मध्यपुरथिमि नपामा २० हजार ५३१ पुरुष र २१ हजार ३०८ महिला गरी  ४१ हजार ८४२ जना मतदाता रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्