
विद्यालयमा भर्ना अभियान र पढाइ सञ्चालनका सम्बन्धमा शिक्षा विकास तथा मानव स्रोत केन्द्रले आफ्नै निर्णय बाझिने गरी निर्देशन दिएको छ। केन्द्रले चैत २३ गते सबै स्थानीय तह र विद्यालयलाई निर्देशनात्मक आग्रह गर्दै वैशाखभर अभियान सञ्चालन गर्न अनुरोध गरेको थियो ।
तर निर्वाचनमा मतदान केन्द्र रहने विद्यालय वैशाख २८ गतेदेखि बन्द गरेर वैकल्पिक पद्धतिबाट पढाइ सञ्चालन गर्न केन्द्रले वैशाख २२ गते अर्को निर्देशन दिएको छ।
पढाइनै सञ्चालन नभएको अवस्थामा वैकल्पिक पद्धतिबाट पढाउन निर्देशन दिनु र निर्वाचनको समयमा दुई दिन मात्र वैकल्पिक पद्धतिबाट पढाइ सञ्चालन गर मनु अव्यवहारिक भएको भन्दै केन्द्रको निर्देशनको आलोचना भएको छ। गोरखापत्रमा खबर छ ।