×

NMB BANK
NIC ASIA

विप्लवलाई वर्षमानको आग्रहः पार्टीमा फर्कनुस्, स्वागत गर्न तयार छौँ

बैशाख २७, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ले नेत्रविक्रम चन्द विप्लवलाई पुरानो घर फर्कन आग्रह गरेका छन् । 

Muktinath Bank

निर्वाचनमार्फत श्रेष्ठता हासिल गरेर गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताजस्ता राजनीतिक परिवर्तन संस्थागत गर्ने माओवादी नीतिलाई संशोधनवादी र गद्दारीको बाटो भन्दै अर्को पार्टी गठन गरेका विप्लव अन्ततः चुनावकै बाटोमा फर्किएकामा प्रसन्नता व्यक्त गर्दै पुनले पार्टीमा स्वागत गर्न तयार रहेको बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मूलधारको राजनीतिबाट अलग रहेर बाटो बिराएका विप्लव १० वर्षअघि सही बाटोमा फर्किएको उनको भनाइ थियो । 


Advertisment
Nabil box
Kumari

‘विप्लवजीले १० वर्षअघि बाटो बिराउनुभएको थियो । अहिले सही बाटोमा फर्कनुभएको छ’, गृहजिल्ला रोल्पाको सुनछहरी गाउँपालिको फगाममा सोमवार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पुनले भने, ‘गणतन्त्र, संघीयताको र सामाजिक न्यायसहितको मुलधारमा, मुल बाटोमा स्वागत छ ।’ 

Vianet communication
Laxmi Bank

आफूहरू गणतन्त्रसहितका परिवर्तन संस्थागत गर्न लागिपरेका बेला प्रतिक्रान्तिकारीको आरोप लगाउँदै विप्लवले पार्टी छाडेको स्मरण गर्दै पुनले उनको ‘एकीकृत क्रान्ति’ को लाइन विसर्जित भएको टिप्पणी गरे । गलत बाटो हिँडेकैले विप्लव समूहमा फुट आएको तर्क पुनको थियो । 

कतै काँग्रेस, कतै एमाले र कतै अरु दलको चुनाव चिन्ह लिएर विप्लवले स्थानीय निर्वाचनमा भाग लिएको भन्दै पुनले त्यसो गर्नुभन्दा प्रचण्डले नेतृत्व गरेको मुलधारमा समाहित हुनु प्राकृतिक र हितकर हुने पुनले बताए ।

‘कतै एमाले, कतै काँग्रेस, कतै अरु दलको चिन्ह बोकेर हिंड्नुभएको छ’, उनले भने, ‘अरूका पछाडि लाग्नुभन्दा प्रचण्ड नेतृत्वको मुलधारमा आउनुहोस्, यसमा नलगाए हुन्छ ।’ पार्टीमा फर्किए विप्लव सहित सो समूहका नेता कार्यकर्तालाई उचित जिम्मेवारी दिन आफूहरु तयार रहेको पुनले बताए । 

रोल्पाका अधिकांश पालिकामा विप्लव समूहले काँग्रेस, एमाले र राप्रपासँग चुनावी तालमेल गरेको छ ।

फरक प्रसंगमा पुनले देशैभर सत्ता गठबन्धनबीच तालमेल भए पनि काँग्रेस जिल्ला नेतृत्वको अराजक र अराजनीतिक चरित्रका कारण रोल्पामा तालमेल गर्न नसकिएको उल्लेख गरे ।

स्थानीय काँग्रेस नेतृत्वले पाँच दलीय गठबन्धनको भावनाविपरीत गठबन्धन बाहिरका दलसँग चुनावी तालमेल गरेकामा आपत्ति जनाए । काँग्रेसले रोल्पामा एमाले र विप्लव नेतृत्वको नेकपासँग चुनावी तालमेल गरेको छ । 

सभापति शेरबहादुर देउवा र आफ्नै समूहका नेता रामचन्द्र पौडेलले तालमेलका आधारमा अघि बढ्न दिएको निर्देशन अस्वीकार गरेर रोल्पा काँग्रेसका नेताहरुले ऐतिहासिक गल्ती गरेको टिप्पणी गरे । 

रोल्पाका काँग्रेसलाई नक्कली र फुइँफुट्टाको संज्ञा दिँदै उनले ढिलो चाँडो जिल्लाबाट काँग्रेस बढारिने दाबी गरे । पुनले एमालेको वैचारिक र राजनीतिक उत्तराधिकारी नेकपा एकीकृत समाजवादी र नेता माधव नेपाल भएको बताए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x