बैशाख २७, २०७९
देशको राजधानी शहर रहेको काठमाडौं उपत्यका भित्रको दोस्रो ठूलो महानगर ललितपुरको मेयरका लागि गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जन चुनावी प्रतिस्पर्धामा छन् । २०७४ सालको प्रतिस्पर्धात्मक निर्वा...
सुनसरी | बैशाख २७, २०७९
कोशीपारि पूर्वको प्रमुख शहर इटहरीमा चुनावी सरगर्मी बढिरहेको छ । इटहरी उपमहानगरपालिकाको मेयर पदका लागि प्रमुख दलहरूबीच तीव्र प्रतिस्पर्धा छ । नेकपा एमालेले याम सुब्बालाई मेयर पदमा उठाएको छ । लामो समय पार्टी संगठनमा काम गरेका सुब्बासँग घरदैलो गरिरहेको ठाउँमै पुगेर लोकान्तरकर्मीहरू विन्देश दहाल र उद्धव थापाले कुराकानी गरेका छन् । प्रस्तुत छ, उक्त कुराकानीको सम्पादित अंश :
चुनावी प्रचार अभियान कस्तो भइरहेको छ ?
अत्यन्तै सफल भइरहेको छ । नगरवासीहरूको सहभागिता उत्साहजनक छ । हाम्रो पार्टीका नेतृत्व पंक्तिहरूको जुझारुपना र उत्साह अनुरूपकै प्रचारप्रसार भइरहेको छ । प्रचारप्रसारमा देखिएको सहभागिताले सफलताको संकेत दिइरहेको छ ।
इटहरी उपमहानगरपालिकाका निवासीहरूले तपाईंलाई मेयरका लागि किन मत दिने ?
यस नगरमा पहिलेदेखि अहिलेसम्म भएका सबै विकासको नेतृत्व हाम्रो पार्टीले गर्दै आएको छ । नगरवासीहरूले बारम्बार एमालेलाई मत दिँदै आएका छन् ।
मत दिएअनुसार जनताले परिणाम पाएका छन् । त्यस परिणामका आधारमा नगरवासीहरूले गरेको विश्वास र भरोसा नै हाम्रो विजयको आधार हो । अनि हाम्रो पार्टी संगठन बलियो छ । हामी जनआधारित कार्यक्रम गर्छौं । नेकपा एमालेका कार्यकर्ताहरू इमान्दार हुन्छन् भन्ने छवि स्थापित भएको छ । अरू दलको तुलनामा एमालेका उम्मेदवारलाई विजयी बनाउनका लागि जनताहरू उत्साहित हुनु नै हाम्रो विजयको आधार हो ।
व्यक्तिगत रूपमा तपाईं मतदाताबीच कसरी चिनिन चाहनुहुन्छ ?
म जनताको सेवकका रूपमा चिनिन चाहन्छु । मैले लामो समयसम्म पार्टीमा काम गरें । अब म सरकारमा गएर जनताको सेवा गर्न चाहन्छु । म त्यहाँ शासक हैन, जनताको सेवकका रूपमा काम गर्न चाहन्छु ।
तपाईं मेयर निर्वाचित भएपछि इटहरीका जनताका लागि पाँचवटा महत्त्वपूर्ण कुन–कुन काम गर्नुहुन्छ ?
पहिलो, इटहरीको डुबान, ढल र कटानको समस्या समाधान गर्छु । म विजयी भएँ भने पहिलो बैठकमै यो एजेन्डालाई पारित गराउनेछु । वर्तमान मेयर र उपमेयरले यसको आधार बनाउनुभएको छ । त्यसलाई हामीले पूर्णता दिनेछौं । दोस्रो, इटहरीमा लगभग ३०० किलोमिटर कालोपत्रे सडक बनेका छन् । त्यससँग जोडिने गरी रिंगरोड बनाउन हामी पहल गर्नेछौं । तेस्रो, इटहरीमा एउटा विशाल र सुविधायुक्त सभाहलको आवश्यकता छ ।
हामी त्यो बनाउनेछौं । चौथो, इटहरीमा क्रिकेटको क्रेज बढेको छ । हामी क्षेत्रीय स्तरको सुविधासम्पन्न क्रिकेट रंगशाला बनाउन पहल गर्नेछौं । पाँचौं, जनजातिहरूको जनसंग्रहालय बन्दैछ । हामी त्यसलाई पूरा गर्नेछौं । अन्य कुरा गर्दा, फोहर प्रशोधनको कामलाई योजनामुताबिक अघि बढाउनेछौं । इटहरीको सर्वांगीण विकास र समृद्धिका लागि र यसलाई स्मार्ट सिटीका रूपमा विकसित गर्ने हाम्रो लक्ष्य छ ।
यी पूर्वाधार विकासका योजनाबाहेक शिक्षा, स्वास्थ्य, महिलाको हित, समुदायलक्षित कार्यक्रममा पनि हामीले काम गर्नेछौं । अहिलेको सरकारले ७३ वटा कानूनहरू बनाइदिनुभएको छ । त्यसलाई हामीलाई काम गर्न बाटो खुलेको छ ।
तपाईंहरू सत्तारूढ गठबन्धनका विरुद्ध एक्लै लडिरहनुभएको छ ? सजिलो छ त जित्न ?
इटहरीमा गठबन्धन हाम्रो ठूलो प्रतिस्पर्धी हैन । उहाँहरू मेयर र उपमेयरमध्ये एक महिला उठाउनुपर्ने कुरामा नै चुक्नुभएको छ । यो ठूलो आलोचनाको विषय भएको छ । इटहरी सचेत नागरिकहरू बसोबास गर्ने शहर हो । यहाँ छलेर ढाँटेर जनताले विश्वास गर्दैनन् । उहाँहरूले जतिसुकै सपना देखाए पनि उम्मेदवारीको चरणबाटै उहाँहरूसँग नगरवासीको विमति छ । त्यही कुरामा उहाँहरूले हार खाइसक्नुभएको छ । उहाँहरूले गरेको घरदैलोमा जनताको उल्लेख्य सहभागिता भएको पाइँदैन ।
पाँच दलको गठबन्धनले केही फरक पार्दैन । इटहरीमा पहिलेदेखि नै एमाले नै थियो र इटहरीलाई एमालेले नै बनाउँछ भन्ने कुरा इटहरीवासीमा स्थापित भएको छ । त्यस आधारमा एमाले एक्लै उभिएको भए पनि पार्टीको विजय सुनिश्चित देखिएको छ । गठबन्धनबाट हामीले अप्ठ्यारो मान्नुपर्ने कुनै कुरै छैन ।
घरदैलो गर्ने क्रममा तपाईंले कति जति मत ल्याएर विजयी हुने आकलन गर्नुभएको छ ?
इटहरीको कुल मतदाता संख्या १ लाख ४ हजारमा लगभग ७० हजार मत झर्ला । त्यसमा ३५ देखि ४० हजार मत हामी ल्याउँछौं भन्ने हाम्रो आकलन छ । त्यस्तो वातावरण देखिएको छ ।
वर्तमान मेयर पनि टिकटको आकांक्षी हुनुहुन्थ्यो । उहाँले नपाएपछि अहिले तपाईंलाई कत्तिको सहयोग गरिरहनुभएको छ ?
भरपूर सहयोग छ । हाम्रो कार्यक्रममा उहाँ आउनुभएको छ र सम्बोधन गर्नुभएको छ । उहाँले मतदाताहरूलाई फोन गरिरहनुभएको छ । थारू समुदायको बाहुल्य भएका वार्डहरूमा पार्टीले उहाँलाई खटाएको पनि छ । उपमेयर लक्ष्मी गौतमले मलाई हरेक सभामा, अन्तर्वार्ताहरूमा सघाइरहनुभएको छ । इटहरीमा एमालेका नेता, कार्यकर्ता सबै एकमना भएर प्रचारप्रसारमा लागिरहेका छौं । कार्यकर्ताहरू यो वा त्यो बहाना बनाएर कोही पनि प्रचारप्रसारबाट तर्किरहनुभएको छैन । असहयोग, अन्तर्घात, अन्यथा परिणाम हुँदैन भन्ने कुरामा म विश्वस्त छु ।
चुनावमा कति खर्च हुँदोरहेछ ?
सामान्य खर्च गरिरहेका छौं । च्युरा चना खाएर कार्यकर्ताहरूले चित्त बुझाइरहनुभएको छ । अरूले भए खसी ढाल्थे होलान् । हामीसँग त्यसको चाहना पनि छैन र हैसियत पनि छैन । जनतासँगै, वार्डवासीसँगै पैसा उठाएर कार्यकर्ताहरूलाई घरदैलो गर्दा खुवाउने काम गरिरहेका छौं । हामीलाई पैसाको समस्यै छ । नगरवासी र उद्योगी व्यवसायीसँग हात फिँजाएको भरमा हामी चल्ने हो । करोडौं खर्च गर्न हामीसँग हैसियत छैन ।
आम मतदातालाई तपाईंको अपील के हो ?
इटहरीको सर्वाङ्गीण विकासका लागि जनताले पहिले पनि सहयोग गर्नुभएको हो र फेरि पनि सहयोग गर्नुस् भन्न चाहन्छु । हामी तपाईंलाई सेवा गर्न तत्पर छौं । हामी आफू पनि भ्रष्टाचार गर्दैनौं र गर्न पनि दिँदैनौं । जनतालाई सेवा दिने कुरामा हामी कन्जुस्याइँ गर्दैैनौं । हामीले गरेका प्रतिबद्धता पूरा गर्छौं । हामीलाई विजयी गराउनुस् । तपाईंहरूको अनुहारमा खुशी ल्याउने एमालेले नै हो ।
देशको राजधानी शहर रहेको काठमाडौं उपत्यका भित्रको दोस्रो ठूलो महानगर ललितपुरको मेयरका लागि गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जन चुनावी प्रतिस्पर्धामा छन् । २०७४ सालको प्रतिस्पर्धात्मक निर्वा...
सरकारले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति घोषणाको गृहकार्य गरिरहेको छ । निर्वाचन आयोगले पनि सरकारलाई निर्वाचन मिति घोषणाका लागि सुझाव दिइरहेको छ । तर, यसबीचमा निर्वाचनको मिति घोषणापछि संसद् रहने क...
स्थानीय तहको निर्वाचनमा जुन अपेक्षा गरिएको थियो त्यसअनुसारको नतिजा आएन । तर, जुन नतिजा आएको छ त्यो नै नकरात्मक भयो भन्ने चाहिँ होइन । अपेक्षा अनुसारको नजिता नआउनुमा विविध कारणहरू छन् । सबैभन्दा पहिल...
राजनीतिक दलहरू स्थानीय तह निर्वाचनको नतिजा विश्लेषण र आगामी चुनावी रणनीति बनाउने काममा व्यस्त छन् । स्थानीय तह चुनावबाट ठूलो दल बनेको कांग्रेसभित्र आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनबारे अनौपचारिक छलफल शु...
पूर्वप्रधानमन्त्री एवं नेकपा एसका सम्मानित नेता झलनाथ खनाल अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) र सैन्य सहयोग राज्य साझेदारी कार्यक्रम (एसपीपी)को विरोधमा 'फ्रन्टलाइन'मा उभिने...
जनता समाजवादी पार्टीका कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादवले गठबन्धनका घटक दलहरूबाट जसपाका उम्मेदवारलाई हराउनका लागि राजनीतिक षड्यन्त्र र बेइमानी भएको आरोप लगाएका छन् । लोकान्तरसँगको अन्तर्वार्तामा उनले गठब...
‘सौ चुहा खाके बिल्ली चला हजको’ (सय मुसा खाएर बिरालो हज गयो ) भन्ने हिन्दी उखानलाई चरितार्थ गर्ने गरी नारायणहिटी दरबारभित्रको बतास काण्ड, पशुपतिनाथ धर्मशाला, वायुसेवा निगमको वाइडबडी, ओम्नी ग्रुप क...
गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...
विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...