०२ साउन २०८३, शनिबार

रुसमाथि प्रतिबन्ध लगाउँदा अमेरिकालाई नै घाटा

बैशाख २७, २०७९
रुसमाथि प्रतिबन्ध लगाउँदा अमेरिकालाई नै घाटा

अमेरिकाले रुसविरुद्ध लगाएको आर्थिक प्रतिबन्धले रुसलाई भन्दा अमेरिकालाई नै घाटा गराएको विश्वास ५३ प्रतिशत अमेरिकीहरूले गरेका छन् । 

डेमोक्रेसी इन्स्टिच्युट र ब्रिटिश डेली एक्सप्रेसले गरेको संयुक्त सर्वेक्षणमा यो परिणाम देखिएको हो । 

अमेरिकी सञ्चारमाध्यमहरूले यो परिणाम स्तब्ध बनाउने किसिमको भएको बताएका छन् । 

त्यसबाहेक बहुमत अमेरिकीहरूले रुसलाई खराब राष्ट्र मानेका छैनन् । 

४२ प्रतिशतले अमेरिकाका लागि चीन प्रमुख जोखिम भएको बताएका छन् । २० प्रतिशतले इरान, १८ प्रतिशतले उत्तर कोरिया र १६ प्रतिशतले रुसलाई जोखिम मानेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्