बैशाख २६, २०७९
नेपाली कांग्रेसको प्रभाव रहेको विराटनगर महानगरपालिकाको मेयरका लागि सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता नागेश कोइराला चुनावी मैदानमा छन् । कांग्रेस संस्थापक बीपी कोइराला, गिरिजा र अहिल...
काठमाडाैं | बैशाख २७, २०७९
देशको राजधानी शहर रहेको काठमाडौं उपत्यका भित्रको दोस्रो ठूलो महानगर ललितपुरको मेयरका लागि गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जन चुनावी प्रतिस्पर्धामा छन् । २०७४ सालको प्रतिस्पर्धात्मक निर्वाचनमा एमाले उम्मेदवारलाई ३२३ मतान्तरले पराजित गरेका महर्जन पुरानै प्रतिस्पर्धीसँग चुनावमा भिडेका छन् ।
केन्द्रीयस्तरबाटै गठबन्धन भएको ललितपुरमा यसपटक पनि फराकिलो मतान्तरले आफू दोहोरिने दाबी उनले गरे । दोस्रो कार्यकालका लागि उम्मेदवारी दिएका मेयरका प्रत्यासी महर्जनसँग लोकान्तरका लागि सुशील पन्तले कुराकानी गरेका थिए । प्रस्तुत छ कुराकानीको सम्पादित अंशः
ललितपुर महानगरको मेयरका लागि चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । चुनाव प्रचारप्रसार अन्तिम चरणमा पुग्दै गर्दा मतदाताबाट कस्तो प्रतिक्रिया पाउनुभयो ?
– एकदमै राम्रो छ । अहिलेको अवस्था हेर्दा बाकसमा भोट खस्न मात्रै बाँकी छ । मैले जितिसकेको छु । निर्वाचनको अन्तिम परिणाम घोषणा हुन मात्रै बाँकी छ । हुन त राजनीतिमा रात रहे अग्राख पलाउँछ भनिन्छ । राजनीतिमा ‘एभ्रीथिक्स इज पोसिबल’ भनिन्छ । त्यो कुरालाई मध्यजनर राखेर बढी उत्तेजित भएका छैनौं ।
२९ वटै वडामा घरदैलो कार्यक्रम आज सिध्यायौं । चक्रपथभन्दा बाहिरका वडाहरू जो उपमहानगरपालिका हुँदा महानगरपालिका बनाउन मर्ज गरिएका थिए, त्यसमा मैले राम्रो आश गरेको थिइनँ । चक्रपथभित्र चाहिँ फेमस भइसकेको थिएँ तर अहिले चाहिँ चक्रपथ बाहिरका वडामा पनि खसेको मतमध्ये ६० प्रतिशत मेरो पक्षमा आउँछ भनिरहेका छन् ।
ती ठाउँमा हामीले गरेको कामले पनि त्यो आधार बनेको छ । चक्रपथभित्र मैले लिड गर्छु नै, चक्रपथ बाहिरका वडामा पनि पहिलेजस्तो कमजोर छैन ।
तपाईंले १ कार्यकाल पूरा गर्नुभयो । मतदाताले दोहोर्याएर तपाईंलाई नै मत दिनुपर्ने आधार के हो ?
– एक त मेरो अनुभव । ५ वर्ष काम गर्दैगर्दा कुनै पनि मतदाताले, सञ्चारकर्मीले र अरु कसैले पनि ‘चिरिबाबु इज अ ब्याड ब्वाइ’ भनेर आरोप लगाउन सकेनन् । म पारदर्शितामा विश्वास गर्ने मान्छे । ५ वर्षको दौरानमा देखिने गरी धेरै काम गरेका छौं ।
हामीले सानो ठूलो गरेर ७ हजार ५०० परियोजना सम्पन्न गरेका रहेछौं । हामी पहिले जाँदा प्रोजेक्ट बैंक खाली थियो । अहिले प्रशस्त प्रोजेक्ट छन् । अहिले कुनै दुईतिहाइ, कुनै आधा, कुनै एकचौथाइ काम सकिएका प्रोजेक्ट छन् । नगरवासीहरू पनि मसँग असन्तुष्ट छैनन्, सबै खुशी छन् ।
कतिपय मतदाता असन्तुष्ट भए पनि मसँग भन्न नआएका हुन सक्छन् । अहिलेको समयमा सोसल मिडियाबाट पनि आफ्नो कुरा भन्न सकिन्छ । कम्प्लेन नआएको होइन, त्यो निश्चित वर्गको मात्रै छ ।
५ वर्षको दौरान हामीले जनमुखी काम गर्यौं । कोभिड १९ को बेलामा ७५३ स्थानीय तहमध्ये ‘वीआर द वेस्ट पर्फर्मर’ । यो कुरा विश्व स्वास्थ्य संगठनलाई पनि राम्रो जानकारी रहेछ । डब्ल्यूएचओको महानिर्देशक नेपाल आएका बेला मसँग करीब २ घण्टा समय बिताउनुभयो । उहाँलाई सबै कुरा थाहा रहेछ । हाम्रो तारिफ गर्नुभयो ।
तपाईंको प्रतिस्पर्धी एमालेको उम्मेदवार अघिल्लो चुनावमा झिनो मतान्तरले पराजित हुनुभएको थियो । उहाँले यसपटक चिरिबाबुलाई सजिलै जित्नसक्छु भन्नुभएको छ नि ?
– उम्मेदवारले त जित्छु भन्नैपर्छ नि ! होइन र ? मेरा साथीहरूले पनि यसपटक चिरिबाबुले हरिकृष्ण ब्यञ्जनकारलाई १०–१५ हजार भोटले हराउँछ भनिरहेका छन् । यसको पछाडि कुनै पुष्टि त छैन तर अघिल्लो पटक ३२६ मतले जितेको हो । अहिले त्यसको दशौं गुणा बढीले मैले जित्छु । अन्तिम नतिजा आउने बेलामा मैले अहिले भनेको कुरा जाँच गर्न सक्नुहुन्छ ।
यसको आधार भनेको ५ वर्षको अवधिमा धेरै राम्रो काम गरेका छौं । यो अवधिमा मलाई कसैले आरोप लगाउन सकेन । हामीले गरेको काम जनताले राम्ररी थाहा पाएका छन् । सम्पदा क्षेत्रमा कायापलट हुने गरी काम गरेका छौं तर भक्तपुर जत्तिको राम्रो चाहिँ छैनौं । आफैंले पैसा संकलन गरेर भीमसेन मन्दिर बनायौं । प्रधानमन्त्रीले उद्घाटन गर्दा उहाँ छक्क पर्नुभयो ।
तपाईंलाई गठबन्धनका दलहरूले कत्तिको सहयोग गरिरहेका छन् ?
– गठबन्धनका दलहरूले सहयोग गर्नुभएको छ । सकिन्छ भने माथिबाटै गठबन्धन गरौं, सकिएन भने वडास्तरमा स्वस्थ प्रतिस्पर्धा गरौं भनिरहँदा मेरै वडामा गठबन्धन भएन । कांग्रेस र कलमको पनि यहाँ उम्मेदवार छ । कमल चिह्न लिएर चुनाव लड्ने व्यक्तिको मेयरमा आफ्नो उम्मेदवार त छैन । मलाई नै सहयोग गर्नुहुन्छ, गठबन्धनको मलाई सहयोग छ ।
फेरि मेयर निर्वाचित हुनुभयो भने के–के काम गर्नुहुन्छ ? महानगरको स्वरूप फेर्ने योजना के–के छन् ?
– अहिले शुरू भएको तर पूरा हुन बाँकी रहेका योजनालाई पहिलो प्राथमिकता दिन्छौं । जस्तो एसियाली विकास बैंकसँग ५४ करोड रुपैयाँ अनुदान लिएर लगनखेलदेखि पाटन मंगलबजार दरबार क्षेत्र, कुम्भेश्वर हुँदै बागमती पुलसम्म ट्रंकलाइन प्रोजेक्ट बनाउने काम शुरू गरेका छौं । त्यसको ४० प्रतिशत सम्पन्न भएको छ । बाँकी काम पूरा गर्नुपर्नेछ । पाटन दरबार क्षेत्रमा ठूलो पानी पर्यो भने त्यहाँ स्वीमिङ पुल बन्छ । पाटन दरबार क्षेत्रमा रहेको ढुंगेधारा छैठौं शताब्दीमा बनेको हो । त्यहाँ पूरै पानी भरिएको हुन्छ । अब त्यो ट्रंकलाइन प्रोजेक्ट बनिसक्दा यी सबै समस्या समाधान हुन्छन् ।
लगनखेलमा राजदल गणसँग ३० रोपनी जग्गा फिर्ता लिएको छु । त्यो भनेको ३ वटा पोखरी फिर्ता लिएको हो । त्यसबाहेक सप्तपातल पोखरीको १५ रोपनीसहित ४५ रोपनी जग्गामा ‘ट्रान्सप्यारेन्ट ग्रिन फेन्स’ बनाउने क्रममा छौं । जावलाखेलको फूटबल ग्राउन्डमा ‘ट्रान्सप्यारेन्ट ग्रिन फेन्स’ बनाएका छौं । राजदल गणसँग फिर्ता लिएको जग्गामा आगामी २ वर्षमा कमलको फूल फुलाउँछौं भनेका छौं ।
८१ हजार घरमा जीपीएस सिस्टममा ल्याउने गरी ब्लक नम्बर राख्ने काम ८० प्रतिशत सम्पन्न भएको छ । प्रोजेक्ट बैंकमा प्रशस्त योजनाहरू तयार भएर बसेका छन् ।
नेपाली कांग्रेसको प्रभाव रहेको विराटनगर महानगरपालिकाको मेयरका लागि सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता नागेश कोइराला चुनावी मैदानमा छन् । कांग्रेस संस्थापक बीपी कोइराला, गिरिजा र अहिल...
प्रदेश १ को एक मात्र महानगरपालिका विराटनगरमा नेकपा एमालेबाट सागर थापा मेयर पदका उम्मेदवार छन् । कांग्रेसको परम्परागत गढ विराटनगरमा मेयर बन्छु भनेर प्रतिस्पर्धामा उत्रिएका थापा आफूलाई भुइँमान्छेका रूपमा चित्र...
स्थानीय तहमा फेरि पनि पहिलो राजनीतिक शक्ति बन्ने उद्घोषका साथ चुनावमा होमिएको एमाले करीब एकतिहाइ शक्ति गुमाएर दोस्रो दलमा सीमित भयो । अध्यक्षको लोकप्रियता र पार्टी प्रवेशको लहरको आधारमा जीत निकाल्ने एमाले न...
कोशीपारि पूर्वको प्रमुख शहर इटहरीमा चुनावी सरगर्मी बढिरहेको छ । इटहरी उपमहानगरपालिकाको मेयर पदका लागि प्रमुख दलहरूबीच तीव्र प्रतिस्पर्धा छ । नेकपा एमालेले याम सुब्बालाई मेयर पदमा उठाएको छ । लामो समय पार्टी स...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला विराटनगर महानगरपालिकामा आफ्नो उम्मेदवार जिताउने भरमग्दुर प्रयासमा छन् । नागेश कोइरालाई उम्मेदवार बनाउन सम्पूर्ण शक्ति लगाएका कोइरालाई विराटनगरमा जीत निकाल्नु पार्टीभित्रै...
सत्ता गठबन्धनका तर्फबाट चितवनको भरतपुर महानगरपालिकामा माओवादी नेत्री रेनु दाहाल उम्मेदवार छिन् । भरतपुर महानगरमा हुने चुनावको नतिजासँग सत्ता गठबन्धनको भविष्य जोडिएकाले पनि यहाँको चुनावलाई निकै चासोक...
नेपाली कांग्रेसमा आबद्ध हुनुभएका महानुभावहरू साथै मेरो बुवा (गोविन्दराज जोशी)का साथीहरू, मैले आदरणीय मानेका काका ठूलोबाहरू, मेरा बुवा र हामी सम्पूर्ण परिवारले ५० औँ वर्षसम्म तपाईंसँग एउटै यात्रामा प्रजातन्त्र...
जब कुनै आपराधिक घटनाहरू समाजमा उजागर हुन्छन् त्यसपछि मुलुकको विद्यमान कानूनले के भन्छ भन्ने प्रश्न उठ्न थाल्छ । कानूनमा कुनै खालीपन रहेछ भने अभियन्ताहरूले सुधारको बाटो देखाउँछन्। समाजको वास्तविक आवश्यकता यही रहे...
केपीबा (एमाले अध्यक्ष केपी शर्मा ओली) धेरैका बा थिए, तर कतिपयका लागि उनी बाजस्ता थिएनन् । मलाई लाग्छ, बा हुनका लागि आवश्यक गुण ओलीसँग छैन । बा त्यस्तो व्यक्ति हो, जसले सबैका छोराछोरीलाई आफ्नैसरह माया गर्छ,...