×

NMB BANK
NIC ASIA

सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप : दोस्रो दिनको समाप्तिमा भुवन र सुबासको अग्रता

बैशाख २८, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

भुवन नगरकोटी र पहिलो दिन अग्रस्थानमा रहेका एमेच्योर सुवास तामाङ गोकर्ण गल्फ क्लबमा मङ्गलबार भएको सूर्य नेपाल गल्फ टुर २०२१-२२ अन्तर्गतको सातौं स्पर्धा सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको दोस्रो दिनको समाप्तिमा बराबरी गर्दै पहिलो स्थानमा रहेका छन्।

Muktinath Bank

भुवनले आज बाह्र-अन्डर १३२ को कुल स्कोरका लागि ८-अन्डर ६४ को कार्ड खेले। त्यसैगरी सुवासले १२-अन्डर १३२ को कुल स्कोरको लागि चार-अन्डर ६८ को कार्ड खेले।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

१५ वर्षका एमेच्योर सद्भाव आचार्य र रमेश अधिकारी सात-अन्डर १३७ को कुल स्कोरका साथ तेस्रो स्थानमा रहे। सद्भावले तीन-अन्डर ६९ र रमेशले पाँच-अन्डर ६७ को स्कोर बनाए। त्यस्तै छ-अण्डर १३८ को कुल स्कोर बनाएर पाँचौं स्थान बराबरी गरेका रवि खड्का र शुक्रबहादुर राई ले क्रमश एक-अन्डर ७१ र एक-ओभर ७३ को स्कोर बनाए।


Advertisment
Nabil box
Kumari

आज एक-ओभर ७३ को स्कोर बनाएका दिनेश प्रजापति तीन-अन्डर ६९ को कुल स्कोरका साथ सातौं स्थानमा रहे। त्यस्तै कमल तामाङ आज सम-पार ७२ रन बनाएर दुई-अन्डर १४२ को कुल स्कोर बनाउँदै आठौं स्थानमा रहेका छन्। आजका दिन तीन-अन्डर ६९ बनाएका रामे मगर एक-अन्डर १४३ को कुल स्कोर सहित नवौं स्थानमा छन् ।

Vianet communication
Laxmi Bank

जयराम श्रेष्ठ र धनबहादुर थापा इभन-पार १४४ बनाएर दशौं स्थानमा बराबरीमा रहेका छन्। जयरामले एक- अन्डर ७१ र धनबहादुरले एक-ओभर ७३ को स्कोर बनाए। भुवन कुमार रोक्का र एमेच्योर टासी छिरिङ एक-ओभर १४५ सहित बाह्रौँ स्थानमा रहेका छन्। भुवनले एक- ओभर ७३ खेले भने टाशीले ६-ओभर ७८ को स्कोर बनाए। निरज तामाङ र सञ्जय लामा दुई- ओभर १४६ को कुल स्कोर सहित चौधौं स्थानमा रहेका छन्। निरजले तीन-अन्डर ६९ बनाए भने सञ्जयले एक-ओभर ७३ को स्कोर खेले।

भुवनले आफ्नो आठ-अन्डर ६४ को बोगी फ्रिराउण्डमा तेस्रो, पाँचौं, छैटौँ, सातौं, नवौं होलमा पाँचवटा बर्डी खसाल्दै अगाडिको नौमा पाँच-अन्डर ३१ बनाए भने पछिल्लो नौ होलमा तीन-अन्डर ३३ को लागि उनले ११औं, १२औँ र १५औं होलमा बर्डी बनाए।

एमेच्योर सुवासले तेस्रो, चौथो, सातौं होलमा बर्डी सहित दुई-अन्डर ३४ को स्कोर खेले भने छैठौँ होलमा सट खसाले। पछाडिको नौमा भने उनले दुई-अन्डर 34 को लागि ११औं र १४औं होलमा बर्डी बनाए। रमेशले आफ्नो बोगी-फ्री राउन्डमा पहिलो र पाँचौं होलमा बर्डी सहित अघिल्लो नौमा दुई-अन्डर ३४ को स्कोर बनाए भने पछिल्लो नौ मध्ये १२औं, १६औं र १८औं होलमा बर्डी खेल्दै तीन-अण्डर ३३ बनाए।

एमेच्योर सद्भावले दोस्रो होलको बोगीका विरुद्ध पहिलो, तेस्रो र चौथो होलमा बर्डी खसाल्दै अघिल्लोको नौमा दुई-अन्डर ३४ बनाए। पछाडिको नौमा भने उनले १६औं होलको बोगीको बिरूद्ध १०औं र १७औं होलमा बर्डीज कार्ड गरे।

अघिल्लो नौमा डबल-बोगीबाट सुरु गरेका रविले तेस्रो र छैठौं होलमा बर्डी बनाए भने नवौं होलमा सट ड्रप गर्दै एक-ओभर ३७ को स्कोर बनाए। पछिल्लो नौमा भने उनले १५औं होलको बोगीका विरुद्ध १३औं, १४औं र १६औं होलमा बर्डी खेल्दै दुई-अन्डर ३४ को स्कोर बनाए।

सुक्रले आठौं होलको बोगी विरुद्ध चौथो र छैठौं होलमा बर्डी सहित अघिल्लो नौमा वन-अन्डर ३५ बनाए। पछिल्लो नौमा भने उनले १४औं होलमा डबल-बोगी खेल्दै दुई-ओभर ३८ बनाए।

नौ-ओभर १५३ मा कट लागू गरिएको खेलमा २१ प्रोफेसनल र ६ जना एमेच्योर अगाडी बढेका थिए। कट पार गर्ने अन्य खेलाडीमा एमेच्योर वाङ्छेन धोन्डुप (१४७), प्रदीपकुमार लामा (१४८) र तीर्थ पौडेल (१५०) थिए ।

कृष्णमान राजबाहक, बलबहादुर राई, राजेन्द्र थापा मगर, शिवराम पौडेल, एमेच्योर विजय श्रेष्ठ इनहाउस र महेन्द्र फगामी गरी ६ खेलाडी १५१ मा रहे भने सूर्यप्रसाद शर्मा १५२, सञ्जोक मोक्तान र सचिन भट्टराई १५३ मा रहेका छन्।

कूल ३२ प्रोफेसनल गल्फर र १२ एमेच्योर खेलाडीको सहभागिता रहेको यो प्रतियोगितामा कुल रु. ७७५,००० को पुरस्कार राशी रहेको छ। प्रतियोगिताको विजेताले रु १ लाख ३५ हजार, उपविजेताले रु ८८ हजार र तेस्रो हुनेले रु. ६५ हजार प्राप्त गर्नेछन्। त्यस्तै शीर्ष २१ स्थानमा रहेका अन्यले पनि पुरस्कार राशि पाउनेछन्।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x