२८ जेठ २०८३, बिहीबार

‘पहाडकी रानी’ दार्जिलिङ बन्यो ‘युद्ध भूमिजस्तो’

कात्तिक २०, २०७४
‘पहाडकी रानी’  दार्जिलिङ बन्यो  ‘युद्ध भूमिजस्तो’
दार्जिलिङ, ३१ असार- गोर्खाल्यान्ड आन्दोलनको रापका कारण दार्जिलिङको मौसम एक महिनादेखि तातेको छ । पछिल्लो पटक गोर्खाल्यान्ड आन्दोलन चर्किएको महिना दिनभन्दा बढी भइसक्यो । अनिश्चितकालीन हडताल सुरु भएको शुक्रबार महिना दिन पुग्यो । ‘पहाडकी रानी’ भनिने दार्जिलिङ ‘युद्ध भूमिजस्तो’ देखिएको छ, कान्तिपुरले खबर छापेको छ ।darjeeling

सहरभरि हतियारधारी सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । हडतालका कारण सिंगो दार्जिलिङको जनजीवन प्रत्यक्ष प्रभावित छ । आन्दोलनकारी अझै हडताल फिर्ता लिने पक्षमा छैनन् । ‘आन्दोलन गन्तव्यमा नपुगेसम्म हडताल जारी राख्ने पक्षमा छन् जनता,’ आन्दोलन अघि बढाउन बनेको सर्वदलीय संयन्त्र गोर्खाल्यान्ड मुभमेन्ट कोअर्डिनेसन कमिटीका संयोजक कल्याण देवानले भने, ‘जनताले फिर्ता नलिएसम्म हडताल जारी रहनेछ ।’ पछिल्लो समय आन्दोलन हिंसात्मक पनि बन्यो । प्रहरी दमनमा ७ आन्दोलनकारीले ज्यान गुमाइसकेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्