२४ जेठ २०८३, आइतबार

ताराको 'म भित्रको म'

बैशाख २८, २०७९
ताराको 'म भित्रको म'

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजकी केन्द्रीय सदस्य कवि तारा अधिकारीको कविताकृति 'म भित्रको म' सार्वजनिक गरिएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान उपकुलपति वरिष्ठ कवि डा. विष्णुविभू घिमिरेको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा कृति सार्वजनिक गरिएको हो ।

कविता कृतिमाथि प्राडा खगेन्द्र लुइँटेल, डा. रेणुका सोलु र ऋृषभदेव घिमिरेले समीक्षात्मक धारणा राखेका थिए । 

सोही अवसरमा अनेसासका केन्द्रीय अध्यक्ष प्रकाश पौडेलको शुभकामना तथा बोर्ड अफ ट्रष्टीका उपाध्यक्ष पदम विश्वकर्माको शुभकामना पढेर सुनाइएको थियो ।

कार्यक्रममा कवि ई. सन्तोष पोखरेल, कवि रुद्र अधिकारी, डा. शान्तिमाया गिरी, रञ्जना निरौलालगायतले कविता स‌‌ंग्रहबाट रचना वाचन तथा मन्तव्य राखेका थिए ।

अमेरिकाको कोलोराडो शहरमा बसेर साहित्य सेवामा समर्पित अधिकारीको कविता संग्रहभित्र ४९ कविता समावेश छन् ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजद्वारा प्रकाशित उक्त कृतिलाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरद्वारा आयोजित कार्यक्रममा  सार्वजनिक गरिएको हो ।

कार्यक्रम अनेसास नेपाल च्याप्टर अध्यक्ष सन्ध्या पहाडीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्