
बुधवार नेपाली बजारमा सुनको मूल्यमा एक हजार रुपैयाँको गिरावट आएको छ ।
यस दिन छापावाल सुन प्रति तोला ९७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलवार यस्तो सुन प्रति तोला ९८ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदीको मूल्यमा पनि गिरावट आएको छ ।
अघिल्लो दिन १ हजार २ सय ७५ रुपैयाँ प्रति तोलामा कारोबार भएको चाँदी यस दिन १ हजार २ सय ४५ रुपैयाँ प्रति तोलामा कारोबार भइरहेको छ ।