![समुद्रमा सुनौलो रथ बग्दै आएपछि... [भिडियोसहित]](https://lktcdn2.prixacdn.net/media/sunaulo_rath_xWUiaaroMT.jpg)
भारत आन्ध्र प्रदेशको श्रीकाकुलमको सुन्नापल्ली सी हार्बरमा चक्रवात असनीका क्रममा सुनौलो रङको रथ फेला परेको छ ।
मंगलवार साँझ सुनौलो रंगले ढाकेको सुन्दर रथ बगेर आएको बताइन्छ ।
यो रथ म्यानमार, मलेसिया वा थाइल्यान्डबाट यहाँ आएको हुन सक्ने अनुमान गरिएको छ । तर, सन्ताबोमालीका तहसीलदार जे चलमैय्याले यो अरू कुनै देशबाट नआएको बताए ।
भारतीय तटमा कतै फिल्म छायाँकनका लागि रथको प्रयोग गरिएको हुन सक्ने उनको भनाइ छ ।
तर, उच्च ज्वारीय गतिविधिले यसलाई श्रीकाकुलम तटमा ल्याएको उनी बताउँछन् ।
सोही क्रममा नौपाडाका एसआईले भने अर्कै देशबाट आएको हुन सक्ने बताए । उनले इन्टेलिजेन्स र उच्च अधिकारीहरूलाई जानकारी गराएको बताए ।
#WATCH | Andhra Pradesh: A mysterious gold-coloured chariot washed ashore at Sunnapalli Sea Harbour in Srikakulam y'day, as the sea remained turbulent due to #CycloneAsani
— ANI (@ANI) May 11, 2022
SI Naupada says, "It might've come from another country. We've informed Intelligence & higher officials." pic.twitter.com/XunW5cNy6O