२५ जेठ २०८३, सोमबार

सर्च इन्जिनमा समाचार राखेबापत गूगलले मिडियालाई पैसा तिर्ने

बैशाख २८, २०७९
सर्च इन्जिनमा समाचार राखेबापत गूगलले मिडियालाई पैसा तिर्ने

गूगलले युरोपेली संघका ३०० भन्दा बढी सञ्चारमाध्यमहरूको समाचार आफ्नो सर्च इन्जिनमा राखेबापत पैसा तिर्ने सहमति गरेको छ । 

जर्मनी, हंगेरी, फ्रान्स, अस्ट्रिया र नेदरल्यान्ड्स लगायत देशका प्रकाशकहरूसँग सम्झौता गरेको गूगलले सोमवार एक ब्लगपोस्ट लेखेर जानकारी दियो । गूगलले ठ्याक्कै कति पैसा तिर्ने भनी खुलाएको छैन । 

सन् २०१९ देखि लागू गरिएको युरोपीयन कपीराइट डाइरेक्टिभले ईयूभित्रका प्रकाशकहरूलाई सामग्री प्रकाशित गरेबापत क्षतिपूर्ति दिने सुनिश्चित गराएको थियो । अन्लाइन प्ल्याटफर्महरूले सामग्री गरेपिच्छे मिडियालाई पैसा तिर्नेछन् । 

ईयूबाहिर अस्ट्रेलियाले पनिसामग्रीप्रदायकहरूलाई पैसा तिर्न ठूला प्राविधिक कम्पनीहरूलाई बाध्य बनाएको छ । सन् २०२१ को शुरूमा फेसबूक इन्कले अस्ट्रेलियाको न्युज कर्पसँग वर्षौंसम्मको सम्झौता गरेको छ । फेसबूकले उक्त मिडियाको सामग्री आउँदा पैसा तिर्नेछ ।
 

salt training

कमेन्ट गर्नुहोस्