०७ असार २०८३, आइतबार

प्युठानमा दुई पक्षीय झडप, घटनाको दोष एकअर्कालाई

बैशाख २८, २०७९
प्युठानमा दुई पक्षीय झडप, घटनाको दोष एकअर्कालाई

निर्वाचन आयोगले जारी गरेको मौनअवधि उलंघन गरेको भन्दै प्यूठानमा नेकपा एमाले र गठबन्धन दलका कार्यकर्ताबीच बुधबार झडप भएको छ । सरुमारानी गाउँपालिका ३ हशंपुरमा एमाले र गठबन्धनका कार्यक्रताबीच झडप हुँदा चार जना घाइते भएका छन् । 

प्रहरीका अनुसार झडपमा एमालेका टेकबहादुर मर्स्याङ्दी मगर, भुवनसिंह लामटारी र शंकर बिक सामान्य घाइते भएका छन् । त्यस्तै गठबन्धनका रमेश राना पनि दुई बताइएके छ । 
यसैबीच मौन अवधिमा एमाले सरुमारानी गाउँपालिका अध्यक्षका उम्मेदवार झगबहादुर बिश्वकर्मासहितको समूहले पालिका वडा नं ३ हशंपुरमा चुनावी प्रचार गरिरहेकोले त्यसलाई रोक्न खोज्दा गठबन्धनका कार्यकर्तामाथि कुटपिट गरेको गठबन्धनद्वारा जारी विज्ञप्तिमा दाबी गरिएको छ । 
तर, एमाले सरुमारानी गाउँपालिका निर्वाचन परिचालन समिति संयोजक मोहमद हलिम हलुवाइले भने  आचारसंहिताविपरीत कार्य गर्ने गठबन्धनलाई रोक्न खोज्दा झडप भएको दाबी गरे । 
 

कमेन्ट गर्नुहोस्