
पछिल्ला दिन हवाई उडानका क्रममा विमानको ढोका खुल्ने दुईवटा घटना भए । गत मंगलबार एयर एशियाको विमान उडिरहकेको बेला राचीमा एक यात्रीले ढोका खोल्ने प्रयास गरे भने पछिल्लो शनिवार एक अमेरिकी युवकले डेल्टा एयरलाइन्सको बीच बाथरुमबाट निक्लेसँग यस्तै कोशिश गरेका थिए ।
राचीको फ्लाइटमा आफताब नामक यी युवकको यस्तो हर्कतलाई रोक्न फ्लाइटका क्रु मेम्बर सपल भए र उनलाई प्रहरीको जिम्मा लगाए ।

के ढोका खोल्न सकिन्छ ?
अमेरिकी मामलाको जाँचमा लागेका एफबीआइका एजेन्ट सामुन्ने विमानमा रहेका महिला कर्मचारीले बताएकी ‘ढोकाको लीवर जब ९० डिग्रीको स्थितिमा आउँछ त्यसबेला पाइलटलाई ढोका खुल्ने सूचना आउँछ । र कम उचाइमा ढोका खोल्न सकिने स्थिति आउँछ । ’
सरे विश्वविद्यालयमा इसास्पेस इन्जिनियरिङका सिनियर लेक्चर डेविड बर्च भन्छन् कम उचाइमा ढोका खुल्न पनि सक्छ । उनका अनुसार सामान्यतया विमानको ढोका हाइड्रोलिक प्रेशरका साथ बन्द हुने गरि निर्माण गर्रिको हुन्छ । तर क्याविनको दाबाब आमरुपमा सामान्य समुन्द्रको सतहमा हावाको दबाबको तुलनामा कम हुन्छ यस कारण प्रेशर लक विमान उचाइमा पुगेपछिमा मात्र काम गर्न थाल्छ ।

डाक्टर भन्छन् यदी कसैले ढोका खोलिहालेका खण्डमा विमान हावा भरिने छ र यात्रु चिप्लन सक्छन् । हावाको शक्तिका कारण विमान टुट्न पनि सक्छ किनकी विमान सयौं माइल प्रतिघण्टाको गतिमा उडिरहेको हुन्छ ।