३१ असार २०८३, बुधबार

'पृथ्वीराज'मा सञ्जयको भन्दा १२ गुणा बढी तलब लिए अक्षयले, कसको कति ?

बैशाख २९, २०७९
'पृथ्वीराज'मा सञ्जयको भन्दा १२ गुणा बढी तलब लिए अक्षयले, कसको कति ?

चलचित्र ‘पृथ्वीराज’का कारण पछिल्ला दिनहरूमा अक्षय कुमार चर्चामा छन् । 

उनले यस चलचित्रका लागि सञ्जय दत्तले भन्दा १२ गुणा बढी रकम लिएको बताइएको छ ।

चलचित्रमा अक्षय र सञ्जयका साथमा मानुषी छिल्लर र सोनू सूद पनि मुख्य भूमिकामा छन् । 

जुन  ३ मा सिनेमाघरमा रिलिज गर्ने तयारी भएको यस चलचित्रको पारिश्रमिकलाई लिएर अक्षयको चर्चा भएको हो ।

रिपोर्टस्का अनुसार ३ सय करोड भारतीय रुपैयाँको ‘बीग बजेट’मा बनेको यस चलचित्रमा अक्षय कुमारले ६० करोड भारतीय रुपैयाँ पारिश्रमिक लिएका छन् । 

सञ्जय दत्तले ५ करोड भारतीय रुपैयाँमात्रै लिएको भारतीय पत्रिका बास्कर दैनिकको अनलाइन संस्करणमा उल्लेख गरिएको छ ।

चलचित्रमा मानुषीले  १ करोड र सोनू सूदले ३ करोड भारतीय रुपैयाँ पारिश्रमिक लिएको बताइएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्