
चीनको दक्षिणपश्चिम भागमा रहेको चोङछिङ शहरबाट ल्हासाका लागि उड्न लागेको विमान धावनमार्गबाट पर पुग्दा विमानमा आगो लागेको छ ।
चोङछिङ च्याङपे अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको उक्त विमानका सबै ११३ यात्रु र नौ कर्मचारीलाई सुरक्षित रूपमा बाहिर निकालिएको तिब्बत एयरलाइन्सले जनाएको छ ।
विमान टेकअफ गर्नै लाग्दा धावनमार्गबाट अगाडि पुगेको थियो ।
घटनामा केही यात्रुलाई हलुका चोटपटक लागेको छ । उनीहरूलाई अस्पतालमा उपचार गरिएको छ ।
बिहीवार बिहान भएको घटनामा लगभग ४० यात्रुलाई सानो चोटपटक लागेको छ ।
घटनाको अनुसन्धान भइरहेको छ ।