१० असार २०८३, बुधबार

मोदीको नेपाल भ्रमणको औपचारिक घोषणा

बैशाख २९, २०७९
मोदीको नेपाल भ्रमणको औपचारिक घोषणा

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जेठ २ गते लुम्बिनीको औपचारिक भ्रमण गर्ने घोषणा बिहीवार गरिएको छ । 

प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणमा मोदीले बुद्धपूर्णिमाको अवसरमा लुम्बिनी भ्रमण गर्न लागेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको हो । 

देउवा र मोदी मायादेवी मन्दिरमा हुने पूजाअर्चनामा सहभागी हुनेछन् । उनीहरूले लुम्बिनीमा बौद्ध संस्कृति तथा सम्पदाको केन्द्रका रूपमा बन्न लागेको भवनको संयुक्त शिलान्यास पनि गर्नेछन् । 

त्यसपछि दुवैले लुम्बिनी अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र तथा सभाहलमा आयोजित बुद्ध जयन्ती समारोहमा सम्बोधन पनि गर्नेछन् ।

लुम्बिनीमा दुई प्रधानमन्त्रीबीच द्विपक्षीय वार्ताको पनि कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । वार्तामा नेपाल भारत सहकार्य तथा पारस्परिक हितका कुरा हुनेछन् । 

प्रधानमन्त्री देउवाले भारतीय समकक्षी तथा भ्रमण दलको सम्मानमा दिवाभोजको आयोजन पनि गरेका छन् । 

भारतका प्रधानमन्त्री मोदीको नेपाल भ्रमणले दुई देशको सम्बन्ध थप बलियो बनाउन योगदान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्