
अमेरिकाले युक्रेनलाई सहयोग गरिरहेको भए पनि तेस्रो विश्वयुद्धको परिस्थिति निर्माण गराउन नखोजेको त्यहाँको गुप्तचरी संस्था नेसनल इन्टेलिजेन्सकी निर्देशक एभ्रिल डानिका हेन्सले बताएकी छन् ।
आफूमाथि अस्तित्वको खतरा आइलागेमा मात्र रुसले आणविक हतियार उपयोग गर्ने धारणा नेसनल इन्टेलिजेन्सले बनाएको उनको भनाइ छ ।
युक्रेन युद्धमा हार भएमा वा नेटोको संलग्नताले बढी खतरा भएमा रुसले आफ्नो अस्तित्व जोखिममा पर्ने अनुभव गर्न सक्ने हेन्स बताउँछिन् ।