
चिनियाँ जनमुक्ति सेनाका मिसाइल फोर्सहरूले सिन्च्याङ उइगुर स्वायत्त क्षेत्रमा रहेको ताक्ला मकान मरुभूमिमा क्षेप्यास्त्र आक्रमणको अभ्यास गरेका छन् ।
ताइवानको सुआओ शहरमा रहेको ताइवानी जलसैन्य अड्डामा आक्रमणका लागि उनीहरूले यस्तो अभ्यास गरेका हुन् । सुआओमा ताइवानी जलसेनाको डिस्ट्रोयर जहाजहरू राखिएका छन् ।