२४ जेठ २०८३, आइतबार

सेयर बजार : चार अर्ब बढीको कारोबार

कात्तिक २०, २०७४
सेयर बजार : चार अर्ब बढीको कारोबार
काठमाडौँ, ३१ असार - धितोपत्र बजारमा यस साता रु चार अर्ब २० करोड ३४ लाख ५२ हजार बराबरको कारोबार भएको छ । 

नेपाल स्टक एक्सचेन्जकाअनुसार कुल १६८ कम्पनीको एक करोड १४ लाख ३८ हजार ३९० कित्ता शेयर खरिद बिक्री भएका छन् । 

कारोबार रकम गत साताको भन्दा ५९ दशमलव ४३ प्रतिशत बढी हो । गत साता १६२ कम्पनी रु दुई अर्ब ६३ करोड ६५ लाख ४१ हजार बराबरका ७० लाख २३ हजार ६३० कित्ता शेयर खरिद बिक्री भएका थिए । 

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १ दशमलव ४८ अङ्कले घटेर अन्तिम दिन १५८२ दशमलव ६७ अङकमा पुगेको छ । 

यस्तै ‘क’ वर्गका कम्पनीको कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा शुन्य दशमलव ७१ अङ्कले घटेर ३३६ दशमलव ०४ अङ्कमा आइपुगेको छ । 

यससाता कारोबार रकमका आधारमा नबिल बैंक लिमिटेड संस्थापक अग्रस्थानमा रहेको छ । सो कम्पनीको रु ३० करोड २९ लाख ४० हजार बराबरको शेयर कारोबार भयो । 

त्यसैगरी कारोबार भएको शेयर संख्याका आधारमा एनएमबी सुलभ इन्भेस्टमेन्ट फण्ड अग्रस्थानमा रहेको छ । सो फण्डको २७ लाख १५ हजार कित्ता शेयर कारोबार भएको स्टकले जनाएको छ । 

यससाता डिप्रोक्स लघुवित्त विकास बैंक, रिलायवल डेभलपमेन्ट बैंक, भार्गव विकास बैँंक र सूर्य लाइफ इन्स्योरेन्स कम्पनीको हकप्रद र बोनस शेयर समेत स्टकमा सूचीकृत भएको छ । रासस 
 

salt training

कमेन्ट गर्नुहोस्