
स्थानीय तहका पदाधिकारी चयन गर्नका लागि देशभर मतदान भइरहेको छ । देशका सबै मतदान केन्द्रमा मतदान शुरू भएको निर्वाचन आयोगले जनाएको छ । बिहान ७ बजेदेखि मतदान शुरू भएको हो ।
देशभर उत्साहपूर्ण मतदान भइरहेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए । ‘दोलखाको एक ठाउँबाहेक सबै ठाउँमा मतदान शुरू भएको छ,’ थपलियाले लोकान्तरसँग भने, ‘त्यहाँ पनि केहीबेरमा मतदान शुरू हुँदैछ ।’
मतदानका लागि सर्वसाधारणहरू बिहानैदेखि लाइनमा बसेका छन् । मतदान फटाफट भइरहेको आयोगले जनाएको छ ।
पानी परेका कारण कतिपय स्थानमा मतदान केही ढिला भएको थियो ।
निर्वाचनका लागि शान्ति सुरक्षा कडा बनाइएको गृह मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले गृहजिल्ला डडेल्धुराबाट मतदान गर्दैछन् ।
मतदान आजै ५ बजे सकिने र आजै मतगणना शुरू गर्ने निर्वाचन आयोगको तयारी छ ।