
धनुषाको गणेशमान चारनाथ नगरपालिकामा १०३ वर्षीया रत्नकुमारी खड्काले मतदान गरेकी छन् ।
आबुजुरी गणेशमान चारनाथ नगरपालिका-२ स्थित आबुजुडी बजार मतदान केन्द्रमा उनले ८ बजेर ३५ मिनेटमा मतदान गरेकी हुन् । मतदान अधिकृत रामबाबु ठाकुरका अनुसार उनले आफ्नी नातिनीको सहयोगमा मतदान गरेकी हुन् ।
कुल ६८२ जना मतदाता रहेको उक्त केन्द्रमा ९ बजेसम्म १०० मत खसिसकेको उनले बताए ।
उक्त नगरपालिकामा मेयरका लागि नेकपा एमालेबाट पुरुषोत्तम लामा, नेपाली कांग्रेसबाट जितनारायण यादव, नेकपा माओवादी केन्द्रबाट दुर्गाबहादुर मल्ल ठकुरी, जनता समाजवादी पार्टी नेपालबाट रामचलितर यादव, लोकतान्त्रिक समाजवादी पार्टीबाट रामबाबू यादव उम्मेदवार छन् ।