०३ साउन २०८३, आइतबार
स्थानीय चुनाव

मतदान गर्दै प्रधानमन्त्री देउवाले भने- निर्वाचन हुँदैन भन्ने शक्तिहरू पनि निर्वाचनमा सामेल भए

बैशाख ३०, २०७९
मतदान गर्दै प्रधानमन्त्री देउवाले भने- निर्वाचन हुँदैन भन्ने शक्तिहरू पनि निर्वाचनमा सामेल भए
फाइल तस्वीर।

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनले लोकतन्त्र बलियो बनाएको बताएका छन् ।

शुक्रबार बिहान डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्र ‘ख’ बाट मताधिकार प्रयोग गरेका देउवाले संक्षिप्त प्रतिक्रिया दिएका हुन् ।

उनले सिंहदरबारका अधिकार गाउँगाउँमा पुगेकाे बताए । 'निर्वाचन हुँदैन भन्ने शक्तिहरू पनि सामेल भएका छन् । स्थानीय तहको समृद्धि र विकासका लागि निर्वाचन महत्त्वपूर्ण थियो । अहिले निर्वाचन भएकाे छ,' उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्