२४ जेठ २०८३, आइतबार

रौतहटको फतुवा विजयपुरमा तनाव, स्थिति नियन्त्रण लिन हवाई फायर

बैशाख ३०, २०७९
रौतहटको फतुवा विजयपुरमा तनाव, स्थिति नियन्त्रण लिन हवाई फायर

रौतहटको फतुवा विजयपुर नगरपालिकामा दुई पक्षबीच झडप भएको छ । 

मतदानस्थलमा झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ५ राउण्ड हवाई फायर गरेको छ ।

विजयपुर नगरपालिका-३ स्थित शीतलपुर मतदान केन्द्रमा दुई पक्षबीच विवाद हुँदा हवाई फायर गर्नु परेको रौतहट प्रहरीले जनाएको छ ।

झडपका कारण सो मतदान केन्द्रमा केहीबेरका लागि मतदान प्रक्रिया रोकिएको छ ।  सहमति गरेर पुनः मतदान गर्ने तयारी भइरहेको फतुवा विजयपुर नगरपालिकाका मेयर गोपालराय यादवले बताए ।

salt training

कमेन्ट गर्नुहोस्