१७ असार २०८३, बुधबार

मतदानपछि ओलीले भने– देउवाले वैशाख ९ मा पनि चुनाव सार्ने प्रस्ताव पठाउनुभएको थियो

बैशाख ३०, २०७९
मतदानपछि ओलीले भने– देउवाले वैशाख ९ मा पनि चुनाव सार्ने प्रस्ताव पठाउनुभएको थियो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले गत वैशाख ९ गतेसम्म पनि चुनाव सार्ने प्रस्ताव गरेको दाबी गरेका छन् । 

त्यस्तो प्रस्ताव आफूहरूले अस्वीकार गरेपछि मात्र आज चुनाव सम्भव भएको उनले दाबी गरे । 

शुक्रवार भक्तपुरको सूर्यविनायकमा मतदान गरेपछि पत्रकारको एक प्रश्नको जवाफमा ओलीले २१ दिन अघिसम्म देउवाले चुनाव सार्ने प्रस्ताव गरेको बताएका हुन् । 

‘गत वैशाख ९ गते मलाई स्थानीय तहको चुनाव पर सारौं भन्ने प्रस्ताव पठाउनुभएको थियो । हुँदैन भनेर राम्रैसँग खबर पठाएको थिएँ । कानूनले बाध्यता भएपछि मात्र उहाँहरू चुनाव गराउन तयार हुनुभएको हो,’ ओलीले भने, ‘९ गतेसम्म चुनाव सार्ने प्रस्ताव गर्नुभएको थियो । अहिलेसम्म यो कुरा भनेको थिइनँ ।’ 

डडेल्धुरामा मतदान गरेपछि प्रधानमन्त्री देउवाले चुनाव हुँदैन भन्ने केपी ओलीले पनि मतदान गर्नुभयो होला भनेर टिप्पणी गरेका थिए । देउवाको टिप्पणीप्रति ओलीले प्रतिक्रिया जनाएका हुन् । 

ओलीले नेपाली कांग्रेस र माओवादीको तर्फबाट आक्रमण भएपनि चुनाव शान्तिपूर्ण भइरहेको बताए । 

‘यस निर्वाचनले अपेक्षित परिणाम ल्याउँछ भन्ने विश्वास गरेको छु, भयभित भएर कांग्रेस र माओवादी आक्रमणमा उत्रिएका छन्,’ ओलीले भने ।

salt training

कमेन्ट गर्नुहोस्