२४ जेठ २०८३, आइतबार
स्थानीय चुनाव

मतपत्रमा आफैं धमाधम छाप हान्दै गरेका मतदान अधिकृत पक्राउ

बैशाख ३०, २०७९
मतपत्रमा आफैं धमाधम छाप हान्दै गरेका मतदान अधिकृत पक्राउ

आफैं मतपत्रमा धमाधम छाप हाल्दै गरेका सर्लाही बलरा नगरपालिकाका मतदान अधिकृत राजकिशोर साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक प्रविण पोखरेलले मतदान अधिकृत साहले रुखमा धमाधम छाप हाल्दै गरेको अवस्थामा पक्राउ गरेको लोकान्तरलाई जानकारी दिए । 

सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले भने साहले रुख छापमा नै मतदान गर्न भनेर मतदातालाई सिकाइरहेको आरोप लागेपछि त्यहाँ विवाद उत्पन्न भएको बताए ।

विवाद उत्पन्न भएपछि उनलाई प्रहरीले सुरक्षा दिएको तथा अवरुद्ध भएको मतदानसमेत सुचारू भइसकेको उनको भनाइ छ ।  उक्त विषयमा निर्वाचन आयोगले छानबिन गर्ने उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्