२६ जेठ २०८३, मंगलबार

सप्तरीमा मतदान अधिकृतमाथि कुटपिट, २ वटा मतपेटिका फुटाइयो

बैशाख ३०, २०७९
सप्तरीमा मतदान अधिकृतमाथि कुटपिट, २ वटा मतपेटिका फुटाइयो

सप्तरीको डाक्नेश्वरी नगरपालिकाको एक मतदान केन्द्रमा स्थानीयले मतपेटिका फुटाएका छन् ।

डाक्नेश्वरी नगरपालिका-२ स्थित हरिरबा जनता मावि मतदानस्थलमा मतदान अधिकृत विपिन यादवलाई कुटपिट गर्नुका साथै मतपेटिकासमेत फुटाइएको हो । 

सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार एक ज्येष्ठ नागरिक महिलाको मत खसाल्न गएका मतदान अधिकृत विपिन यादवलाई स्थानीयले लछारपछार गर्नुका साथै दुई वटा मतपेटिका फुटाएका हुन् ।

मतपेटिका फुटाए पनि मतपेटिकामा खसालिएको मतपत्र भने सुरक्षित नै रहेको उनले बताए ।

'वृद्ध आमाले मतदान गर्नका लागि मतदान अधिकृतलाई छाप लगाउन भन्नु भनेको थियो,' उनले लोकान्तरसँग भने, 'तर घरी रुखमा घरी छातामा छाप लगाउन भन्नु भएजस्तै मतदान अधिकृतले छाप लगाइदिएका थिए ।'

तर, बाहिर आएपछि ती ज्येष्ठ नागरिक महिलाले आफूले भनेविपरीत छाप लगाइदिएको भनेपछि विवाद भएको थियो । 

अवरुद्ध भएको मतदान सुचारू गराउन सर्वपक्षीय बैठक बोलाइएको गौतमले बताए ।

salt training

कमेन्ट गर्नुहोस्