२३ जेठ २०८३, शनिबार
स्थानीय चुनाव

रणमैदान बन्यो पाँचखालको मतदान केन्द्र, टेबलकुर्सी तोडफोड, मतदानस्थल नै तहसनहस [भिडियो]

बैशाख ३०, २०७९
रणमैदान बन्यो पाँचखालको मतदान केन्द्र, टेबलकुर्सी तोडफोड, मतदानस्थल नै तहसनहस [भिडियो]

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका-१३ मा मतदानस्थल तोडफोड भएको छ । 

मतदान अधिकृतले एकै जनालाई १० वटा मतपत्र दिन खोजेपछि विवाद हुँदा मतदानस्थल नै तोडफोड भएको हो । 

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख एसपी चक्रराज जोशीले मतपत्रको विषयमा विवाद हुँदा तोडफोड भएको बताए । 

जोशीका अनुसार मतदानस्थलका कुर्सी, बुथलगायत तोडफोड भएको तर ब्यालेट बक्स भने सुरक्षित छन् । अहिले सर्वदलीय बैठक बसिरहेको छ ।

मतदानस्थल तोडफोडको भिडियो चर्चित हास्यकलाकार मधुसुदन पाठक 'सीतेबा'ले फेसबूकमा राखेका छन् ।

यो सीतेबाले मतदान गर्ने मतदान स्थल पनि हो ।

हेर्नुहोस्, भिडियो :

salt training

कमेन्ट गर्नुहोस्