
स्थानीय तह निर्वाचनमा मतदानको समय सकिएको छ । बिहान ७ बजेदेखि शुरू भएको मतदान अपराह्न ५ बजेसम्मका लागि तोकिएको थियो ।
समय सकिए पनि मतदान गर्न लाइनमा बसेकाहरूले भने मत हाल्न पाउनेछन् ।
निर्वाचनका क्रममा आज देशभर ६७ ठाउँमा झडप भएको छ । निर्वाचन पुनःशुरू भएलगत्तै दोलखा, रामेछाप, रुकुमपश्चिम, धनुषा, पर्सा, डोल्पा, गोरखालगायतका जिल्लाहरूमा धेरै झडप भएका थिए ।
प्रहरीले घटना नियन्त्रण लिनका लागि देशभरमा १०० राउण्डभन्दा धेरै हवाई फायर गरेको थियो । सप्तरीका २ मतदान केन्द्रको मतदान प्रक्रिया स्थगित भएको छ ।
निर्वाचन आयोगले आज साँझबाट नै मतगणना गर्ने गरी तयारी थालेको छ ।