
पाल्पाका १० वटै स्थानीय तहमा यतिबेला मतगणना भइरहेको छ ।
ती मतगणनास्थल बाहिर मतदाताहरूको बाक्लो उपस्थिति देखिन्छ ।
तानसेन नगरपालिकास्थित मतगणनास्थल बाहिर मतपरिणाम सुन्न मतदाताहरू आतुर देखिन्छन् ।
नगरपालिका अगाडि खुला टुँडिखेल भएका कारण पनि शनिवार यहाँ मतदाताहरूको बाक्लो उपस्थिति रह्यो । तानसेन नगरपालिकामा अहिले वडा नम्बर १ को मतगणना चलिरहेको छ ।
प्रत्येक सय मतगणना भएपछि मतपरिणाम सुनाइएको छ । शनिबार साँझ ७ बजेसम्म वडा नम्बर १ को ६ सय मतगणना सकिएको छ । जसमा वडाध्यक्षमा कांग्रेस धेरै मतान्तरले अगाडि छ ।
१ नम्बर वडाको ६ सय मतगणना हुँदा मेयर पदमा पनि कांग्रेसले अग्रता लिएको छ ।



