२५ जेठ २०८३, सोमबार
स्थानीय चुनाव

प्रधानमन्त्री देउवाको पालिका अध्यक्षमा दोब्बर मतान्तरसहित कार्की निर्वाचित

बैशाख ३१, २०७९
प्रधानमन्त्री देउवाको पालिका अध्यक्षमा दोब्बर मतान्तरसहित कार्की निर्वाचित

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह पालिका गन्यापधुरा गाउँपालिकाको अध्यक्षमा इन्द्रबहादुर कार्की दोब्बर मतान्तरसहित निर्वाचित भएका छन् ।

कार्कीले ३ हजार ३८४ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस बीपीका सुरेन्द्र मालीले एक हजार ६०४ मत पाएका छन् ।

त्यस्तै उपाध्यक्षमा पनि कांग्रेसकै उम्मेदवार ज्ञानुकुमारी सेटी विजयी भएकी छिन् । उनले ३ हजार १३ मत पाइन् ।

उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका इन्द्र महराले एक हजार ७०३ मत पाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्