
पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन्।
आइतवार बिहान साढे तीन बजेसम्म एक हजार मत गणना सम्पन्न हुँदा गठबन्धनमा एकीकृत समाजवादीका मेयर उम्मेदवार धनराज आचार्यले ४०० मत प्राप्त गरेका छन्।
नेकपा एमालेका कृष्णबहादुर थापा ३५४ मत प्राप्त गरेका छन्।
उपमेयरतर्फ गठबन्धनमा नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले ४५९ मत प्राप्त गरेकी छन्।
एमालेकी मञ्जुदेवी गुरुङले ३७१ मत प्राप्त गरेकी छन्।