
काठमाडौं महानगरपालिकाको ४ हजार ४४४ मतगणना भएको छ ।
आइतवार बिहान ६ बजेसम्मको गणनाअनुसार काठमाडौंको मेयरका स्वतन्त्र उम्मेदवार वालेन शाहले अग्रता लिएका छन् ।
वालेन १ हजार ५७५ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले ९८५ मत प्राप्त गर्दा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ८२५ मत पाएकी छिन् ।
उपप्रमुखमा सूर्यले १ हजार ७४३ र कलमले ५१६ मत पाएका छन् । काठमाडौंमा सत्तारुढ दलबीच गठबन्धन भएको थियो ।