![मकवानपुरका ८ वडामा कांग्रेस विजयी, माओवादी दोस्रो र एमाले तेस्रो [सूचीसहित]](https://lktcdn2.prixacdn.net/media/Nepali_congress_bijayi_UldCDbruBY.png)
स्थानीय तह निर्वाचनको मतगणना अन्तर्गत मकवानपुरका १०२ मध्ये १९ वडाको नतिजा सार्वजनिक भएको छ ।
मतपरिणाम अनुसार ८ वडामा नेपाली कांग्रेस विजयी बन्दै पहिलो भएको छ भने ७ वडामा नेकपा माओवादी केन्द्र विजयी भएर दोस्रो रहेको छ ।
नेकपा एमाले ४ वडामा विजयी हुँदै तेस्रो स्थानमा छ ।
नेपाली कांग्रेस विजयी वडाहरू –
१. भीमफेदी–१ मा सोमबहादुर स्याङ्तान
२. कैलाश–१ मा तेजबहादुर ब्लोन
३. कैलाश–२ मा राजेन्द्र तामाङ घिसिङ
४. मनहरी–१ मा शिवप्रसाद खनाल
५. मकवानपुरगढी–१ मा आइतसिंह लो
६. मकवानपुरगढी–८ मा कुमार घिसिंङ
७. इन्द्रसरोबर–१ मा सुवास थापा
८. इन्द्रसरोबर–२ मा सुमन श्रेष्ठ
नेकपा माओवादी केन्द्र विजयी वडाहरू –
१. भीमफेदी–३ मा पृतिलाल लामा
२. थाहा–१ मा हेरमान गोपाली
३. थाहा–२ मा बमबहादुर सिंतान
४. बकैया–१ मा आशिश तितुङ
५. बकैया–२ मा विश्वराज स्याङतान
६. मनहरी–२ मा राजकुमार पाख्रीन
७. बागमती–१ मा यहुन्ना राई
नेकपा एमाले विजयी वडाहरू
१. भीमफेदी–२ मा काशीराम बज्यु
२. भीमफेदी–४ मा सागर पाण्डे
३. कैलाश–१० मा सूर्यबहादुर ब्लोन
४. राक्सिराङ–१ मा बाबीराम मुक्तान