०६ असार २०८३, शनिबार

डोटीको बडिकेदार गाउँपालिकामा कांग्रेस विजयी

डोटीको बडिकेदार गाउँपालिकामा कांग्रेस विजयी

डोटीको बडिकेदार गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।

९ वटा स्थानीय तह रहेको डोटीमा पहिलो पटक कांग्रेसले आफ्नो विजयको शुरूआत गरेको हो ।
 
निर्वाचन अधिकृत वसन्तबहादुर बोहराका अनुसार कांग्रेसबाट गाउँपालिका अध्यक्षकाका उम्मेदवार भैरवबहादुर साउँदले २ हजार ३४३ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका चक्रबहादुर घर्तीले १ हजार ६८४ मत प्राप्त गरेका छन् ।
 
उपाध्यक्षमा कांग्रेसकै डम्मरीकुमारी विष्ट ‘कलेल’ले २ हजार ४०७ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेकी सपना सिराडीले २ हजार २७६ मत प्राप्त गरेका छन् ।

गठबन्धन दलका तर्फबाट अध्यक्षका उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका भक्तबहादुर साउँदले १ हजार ४७१ मत प्राप्त गरेका छन् । गठबन्धनका तर्फबाट उपाध्यक्षको उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी देवीसरा घर्तीले ८३२ मत प्राप्त गरेकी छन् ।

यसैगरी १ नम्बरको वडाध्यक्षमा नेपाली कांग्रेसका डबलबहादुर बोहरा, ३ नम्बरको वडाध्यक्षमा कांग्रेसकै रामबहादुर गुरुङ, २ नम्बरको वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका प्रेमबहादुर घर्तीमगर, ४ नम्बरको वडाध्यक्षमा नेकपा एमालेका कर्णबहादुर जेठारा, ५ नम्बरको वडाध्यक्षमा एमालेकै पदमसिंह बोहरा विजयी भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्