२४ जेठ २०८३, आइतबार

मनरासिसवा नगरपालिकामा एमालेको अग्रता, निवर्तमान मेयर चौथो स्थानमा

मनरासिसवा नगरपालिकामा एमालेको अग्रता, निवर्तमान मेयर चौथो स्थानमा

महोत्तरीको मनरासिसवा नगरपालिकाको मेयर पदका लागि नेकपा एमालेका राजेन्द्र साह तेलीले अग्रता लिएका छन् ।

२ हजार ६९५ मतगणना हुँदा तेलीले ७९७ मत ल्याएका छन् ।

नेपाली कांग्रेसका मेयर उम्मेदवार मोहन पाण्डेयले ७७२ मत ल्याएर पछ्याइरहेका छन् । जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार महेन्द्र रायले ५०४ मत ल्याएका छन् ।
 
लोकतान्त्रिक समाजवादी पार्टीका निवर्तमान मेयर समेत रहेका संजयकुमार सिंहले ३६८ मत ल्याएर चौथो स्थानमा छन् भने नेकपा एकीकृत समाजवादीका सुनिलकुमार पाण्डेयले १३३ मत र नेकपा माओवादी केन्द्रका कुन्दनकुमार झाले ५६ मत ल्याएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्