
नवलपरासीको बौदीकाली गाउँपालिकाकाे अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् ।
गाउँपालिका अध्यक्षमा एमालेका प्रकाश ओझा र उपाध्यक्षमा डिलकुमारी केसी सारु विजयी भएका हुन् ।
ओझाले कांग्रेसका खडकबहादुर रानालाई पाराजित गरेका हुन् ।
ओझाले ३ हजार ९७६ मत पाउँदा कांग्रेसका रानाले ३ हजार ५४१ मत मात्रै पाएका थिए ।
त्यसैगरी, गाउँपालिका उपाध्यक्षमा डिलकुमारी केसी सारुले ३ हजार ९६२ मत प्राप्त गरेकी छिन । उनकी निकटम प्रतिद्वन्द्वी कांग्रेसकी धन कान्ती घिमिरेले ३ हजार ५०६ मत मात्रै प्राप्त गरेकी छिन् ।
बौदीकाली गाउँपालिकामा ६ वटा वडामध्ये चारवटा वडा एमालेले जितेको छ । वडा नम्बर १, २, ३ र ५ मा एमालेका उम्मेदवार विजयी भएका हुन् । वडा नम्बर ४ र ६ मा भने कांग्रेसका उम्मेदवार वडा अध्यक्षमा विजयी भएका छन् ।