
नेकपा एमालेको गढ मानिएको इलाम जिल्लाका स्थानीय तहमा नेपाली कांग्रेसले अग्रता लिएको छ । १० मध्ये ६ स्थानीय तहमा कांग्रेस अगाडि छ भने एमाले र नेकपा एसले दुई–दुईवटा क्षेत्रमा अग्रता हासिल गरिरहेका छन् ।
आइतवार दिउँसोसम्मको अपडेटमा मेयरमा नेपाली कांग्रेसका केदार थापा ३ हजार १ सय ६५ मतसहित अगाडि छन् । दोस्रोमा एमालेका धिरेनकुमार चेम्जोङ २ हजार ९ सय १५ मत पाएका छन् ।
चुलाचुली गाउँपालिकामा पनि कांग्रेसको अग्रता छ । कांग्रेसका राजेन्द्र केलुङले २ हजार ३ सय १४ मत ल्याउँदा एमालेका ओमनारायण खनालले १२ सय ८२ मत पाएका छन् । उपाध्यक्षमा एमालेकी दिलकुमारी लिम्बू अगाडि छिन् ।
देउमाई नगरपालिकामा एमालेका सूर्यप्रसाद पोखरेल १ हजार १ सय ८७ मतसहित अग्रस्थानमा छन् । कांग्रेसका होमप्रसाद दुलाल ८२१ मतसहित दोस्रो स्थानमा छन् ।
फाकफोकथुम गाउँपालिका नेपाली कांग्रेसका डिकबहादुर थापा १ हजार १ सय ३४ मतसहित अग्रस्थानमा छन् । दोस्रोमा एमालेका दिपेन्द्र खनालले ८ सय ३८ मत पाएका छन्।
माई नगरपालिकामा एमालेका खम्बासिंह लिम्बू १ हजार ६२ मतसहित अगाडि छन् । दोस्रोमा माओवादीका धनबहादुर लिम्बु ६ सय २ मतसहित प्रतिष्पर्धा गरिरहेका छन् ।
माइजोङ माई गाउँपालिकामा नेकपा एसका जीतबहादुर राई १ हजार ९ सय ४९ मतसहित पहिलो स्थानमा छन् । एमालेका कुशबहादुर थेबे १ हजार ५ सय ६७ सहित दोस्रो स्थानमा रहेर प्रतिस्पर्धामा छन् ।
माङसेबुङ गाउँपालिकामा नेपाली कांग्रेसका डिकेन्द्र इदिङ्गो २ हजार २ सय ३७ मतसहित अगाडि छन् । एमालेका हेमन्त राई २ हजार १ सय ४ मतसहित दोस्रो स्थानमा छन् ।
रोङ गाउँपालिकामा नेपाली कांग्रेसका मनिकुमार स्याबो ६ सय ९७ मतसहित अगाडि छन् । ४ सय ८४ मत सहित एमालेका नेहरमान तामाङ दोस्रो स्थानमा छन् ।
सकन्दकपुर गाउँपालिकामा १ हजार ४ सय २६ मतसहित कांग्रेसका तुलाराम गुरुङ अग्रस्थानमा छन् । १ हजार १ सय ९६ मतसहित एमालेका उदयबहादुर राई दोस्रो स्थानमा छन् ।
सूर्योदय नगरपालिकामा नेकपा एसका रनबहादुर राई १ हजार २ सय ५३ मतसहित अग्रस्थानमा छन् भने एमालेका काजीमान कागते ८ सय ३ मतसहित दोस्रो स्थानमा छन् ।
इलाममा नेकपा एसका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको गृहजिल्ला हो ।