
भरतपुर महानगरपालिकाको मतगणना पुनः शुरू भएको छ ।
मतपत्रमा लगाइएको छापका विषयमा विवाद भएपछि २५ मिनेट मतगणना रोकिएको थियो ।
विवाद समाधानका लागि बसेको सर्वदलीय बैठकमा स्वस्तिक चिह्न प्रष्ट भएको मतपत्रलाई मात्रै सदर मान्ने सहमति भएपछि पुनः मतगणना शुरू भएको हो ।
सूर्य चिह्नमा लगाइएको छाप नबुझिएको भन्दै निर्वाचन अधिकृतले बदर भएको भनेपछि एमालेले विरोध जनाएको थियो ।