
सिरहा नगरपालिकाको प्रमुखमा नेकपा एमालेले अग्रता लिएको छ ।
पछिल्लो मतपरिणामअनुसार एमालेका नवीन यादवले २ हजार ९४० मतसहित अग्रता कायम राखेका हुन् ।
उनलाई नेपाली कांग्रेसका उपेन्द्र यादवले २ हजार ३४२ मतसहित पछ्याइरहेका छन् ।
यस्तै जनता समाजवादी पार्टी (जसपा)का अश्वेश्वर यादवले १ हजार ७०३ मत पाउँदा जनमत पार्टीका राजकुमार त्यागीले ५२ मत पाएका छन् ।