०७ असार २०८३, आइतबार
हेटाैंडा मत गणना

गठबन्धन र एमालेलाई पछि पार्दै हेटौंडामा हलो उक्लियो अग्रस्थानमा

गठबन्धन र एमालेलाई पछि पार्दै हेटौंडामा हलो उक्लियो अग्रस्थानमा

मकवानपुरको हेटौंडा उपमहानगरमा मेयरमा राप्रपाका उम्मेदवारले पाँच दलीय गठबन्धन र एमाले उम्मेदवारलाई  राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारले पछि पारेका छन् । 

आइतबार राती ८ बजेसम्मको मतपरिणाम अनुसार, राप्रपाका उम्मेदवार दीपकबहादुर सिंहले २७ सय १० मत ल्याएर अग्रस्थानमा पुगेका छन् । 

गठबन्धनका उम्मेदवार मीनाकुमारी लामाको २६ सय ६९ मत आएर दोस्रो स्थानमा झरेकी छिन् । हेटौंडामा पाँच दलीय गठबन्धनले तालमेल गर्दा नेकपा एकीकृत समाजवादीको भागमा परेको हेटौंडामा मीनाकुमारी लामा मेयरको उम्मेदवार छिन् । 

एमालेका अनन्तप्रसाद पौडेल तेस्रो स्थानमा झरेका छन् । उनको पक्षमा २४ सय ३५ मत मात्रै आएको छ । 

हेटौंडा राप्रपा नेपालका अध्यक्ष कमल थापाको गृहनगर पनि हो । महाधिवेशनमा पराजित भएसँगै थापाले नयाँ पार्टी खोलेका थिए । 

विगतमा हेटौंडा एमालेले जितेको ठाउँ हो । हेटौंडामा कमल थापाको राप्रपा नेपालले भने एमालेको उम्मेदवारलाई सघाएको छ । 

कमेन्ट गर्नुहोस्