
काठमाडौं महानगरपालिकामा मेयरका उम्मेदवार बालेन्द्र साह १९९१ मतान्तरले अगाडि छन् ।
स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ४१३९ मत ल्याउँदा उनको प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितले २१४८ मत पाएका छन् ।
गठबन्धनबाट उम्मेदवार बनेकी नेपाली कांग्रेसकी सृजना सिंहले भने जम्मा १९३४ मत मात्रै पाएकी छन् । हाल काठमाडौंका वडाहरू १ नम्बर २ नम्बर, ३ नम्बर, ४ नम्बर ३१ नम्बर र ३२ नम्बरको मतगणना भइरहेको छ । यी सबै वडामा बालेन्द्रले अग्रता लिएका कारण उनको मतान्तर बढेको छ ।