०१ साउन २०८३, शुक्रबार

धादिङको खनियाँबास गाउँपालिकामा गठबन्धनका उम्मेदवारहरू निर्वाचित

धादिङको खनियाँबास गाउँपालिकामा गठबन्धनका उम्मेदवारहरू निर्वाचित

धादिङको खनियाँबास गाउँपालिकामा गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन् । 

गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार रणबहादुर तामाङले १ हजार ६ सय ९ मत सहित निर्वाचित भएका छन् ।

 उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उठेका फूलबहादुर तामाङले १ हजार ३ सय ९६ मत ल्याएका छन् । 

उनी २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि अध्यक्षमा विजयी भएका थिए ।

त्यस्तै गाउँपालिका उपाध्यक्षमा विजयी सेकेमान १ हजार ८ सय ३७ मत सहित निर्वाचित भएका छन् । 

उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका मरियम तामाङले १ हजार २ सय ३७ मत ल्याइन् ।

 

salt training

कमेन्ट गर्नुहोस्