०१ असार २०८३, सोमबार

बुटवलमा कांग्रेसका खेलराजको ३ हजार ५०० बढी मतको अग्रता

बुटवलमा कांग्रेसका खेलराजको ३ हजार ५०० बढी मतको अग्रता

रुपन्देहीको बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेस सहितको गठबन्धनले फराकिलो मतान्तर बनाएको छ ।

कांग्रेसबाट मेयरका उम्मेदवार खेलराज पाण्डेले नेकपा एमालेबाट मेयरका उम्मेदवार बाबुराम भट्टराईलाई ३ हजार ५२९ मतले पछाडि पारेका छन् ।

कांग्रेसका खेलराज पाण्डेले १० हजार ६११ मत ल्याएका छन् भने एमालेका भट्टराईले ७ हजार ८२ मत ल्याएका छन् । 

उपमेयरमा एमालेकी सावित्रादेवी अर्याल अगाडि छन् । उनले ७ हजार ८८३ मत ल्याएर अग्रता कायम गरेकी छन् । उनलाई नेकपा एकीकृत समाजवादीका चीनबहादुर गुरुङले पछ्याइरहेका छन् । गुरुङको ५ हजार ६८२ मत छ ।

१९ वडा रहेको बुटवलमा हालसम्म ८ वडाको मत परिणाम आइसकेको छ । 

१ नम्बर वडामा स्वतन्त्र, २ नम्बर वडामा नेकपा एकीकृत समाजवादी, ३ नम्बर वडामा नेकपा माओवादी केन्द्र, ४ नम्बर वडामा नेपाली कांग्रेस र ५ नम्बर वडामा पनि नेपाली कांग्रेसले जीत निकालेको छ । 

१९ नम्बर वडामा नेकपा एमाले, १८ नम्बर वडामा एमाले र १७ नम्बर वडामा नेपाली कांग्रेसले जीत निकालेको छ । 

salt training

कमेन्ट गर्नुहोस्