×

NMB BANK
NIC ASIA

तेह्रथुमका ४ पालिकामा पुरानै नेतृत्व निर्वाचित भएको छ ।

Muktinath Bank

स्थानीय चुनावबाट जिल्लाका ६ पालिकामध्ये ४ पालिकामा पुरानै नेतृत्व आएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लालीगुराँस नगरपालिकामा कांग्रेसका अर्जुन मावोहाङ विजयी भएका छन् । ५ हजार १३९ मतसहित मावोहाङ विजयी हुँदा एमालेका गणेश लिम्बु ३ हजार ३४४ मत ल्याएर पराजित भएका छन् ।


Advertisment
Nabil box
Kumari

यसअघि पनि मावोहाङसँग पराजय भएका लिम्बुले यसपटक पनि जीत निकाल्न सकेनन् । उपमेयरमा कांग्रेसकी जमुना मगर कार्की विजयी भएकी छन् । उनी गत चुनावमा एमालेबाट उपमेयरमा उठेकी थिइन् । कांग्रेसकी तिला पोख्रेलले जित्दा उनी पराजित भइन् । उनी कांग्रेसमा प्रवेश गरेर उपमेयरमा विजयी भएकी हुन् ।

Vianet communication

म्याङलुङ नगरपालिकामा एमालेका संजय तुम्हाङ्फे फेरि दोहोरिएका छन् । ५ हजार ११७ मत ल्याएर उनी विजयी हुँदा कांग्रेसका अर्जुन तुम्हाङ्फेले ४ हजार ४७८ मत ल्याएर पराजित हुनुपर्‍यो ।

उपमेयरमा एमालेकी जमुना सुवेदी ५ हजार २१० मतसहित निर्वाचित भएकी छन् । नेकपा एकीकृत समाजवादीकी पार्वती सानु डागीले ४ हजार ४१४ मत पाइन् । उनी यसअघि एमालेबाटै निर्वाचित उपमेयर हुन् ।

एमालेले टिकट नदिएपछि उनी नेकपा एसमा प्रवेश गरेर गठबन्धन हुँदा कांग्रेसको चुनाव चिह्नबाट उपमेयरमा उठेकी थिइन् । 

मेन्छायायेम र छथर गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष नै पुरानै अनुहार दोहोरिएका छन् । 

मेन्छायायेम गाउँपालिकामा यादवबहादुर खापुङले २ हजार ५५ मत ल्याएर विजयी हुँदा कांग्रेसका धनबहादुर लिम्बुले २ हजार २१ मत मात्रै पाए । उपाध्यक्षमा कांग्रेसकी गीता तिम्सिना विजयी भएकी छन् । गीताले १ हजार ९८६ मत पाउँदा एमालेकी प्रेमलता घिमिरेले १ हजार ९७४ मत मात्रै ल्याएकी छन् । अघिल्लो चुनावमा पनि उनीहरू नै विजयी बनेका थिए ।

छथर गाँउपालिकामा भने सन्तविर लिम्बु र तारा खरेल नै दोहोरिएका छन् । गठबन्धन हुँदा पनि यसपालि एमालेले अध्यक्ष र उपाध्यक्ष् दुवै जितेको छ । सन्तविर (सन्तोष) तिगेलाले ३ हजार ९१५ मत ल्याएर दोस्रो कार्यकाल दोहोर्‍याउँदा माओवादी केन्द्रका इन्द्रबहादुर इमसङले ३ हजार ३०६ मत मात्रै प्राप्त गरेका छन् ।

उपाध्यक्षमा तारा खरेलले ३ हजार ७६२ मत ल्याएर विजयी बन्दा कांग्रेसका टेकराज लिम्बुले ३ हजार ६०२ मत प्राप्त गरेका छन् ।

फेदाव गाउँपालिका र आठराई गाउँपालिकामा एमाले पराजय बनेको छ । फेदाव गाउँपालिकामा कांग्रेसका केशवप्रसाद भेटवाल निर्वाचित भएका छन् । निवर्तमान मेयर एमालेका हरिप्रसाद चोङवाङले ३ हजार ८६९ मत ल्याउँदा भेटवाल ४ हजार ४१ मत ल्याएर विजयी बनेका छन् । उपाध्यक्षमा कांग्रेसकी सुनिता पहिम ३ हजार ९८५ मतसहित निर्वाचित हुँदा एमालेकी गीता थापा पराजित बनिन् । 

आठराई गाउँपालिकामा कांग्रेसका दिलकुमार पाहिम विजयी हुँदा एमालेका रामचन्द्र थपलिया पराजित बनेका छन् । थपलियाले ४ हजार ८ मत मात्रै प्राप्त गरेका छन् । उपाध्यक्षमा माओवादी केन्द्रका बलिराज इङनाम ४ हजार ८० मतसहित विजयी भएका छन् ।

निवर्तमान उपाध्यक्ष रुपा कन्दङवाले ४ हजार ७० मत ल्याएर पराजित बनेकी थिइन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ १२, २०७९

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका रामकृष्ण खाँणले अग्रता कायमै राखेका छन् । सो नगरपालिकामा अब  ८९० मत गन्न बाँकी हुँदा खाँण ८९० नै मतले अगाडि रहेका हु...

कात्तिक २०, २०७४

काठमाडौं, २ जेठ - ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसले अग्रता ल्याएको छ । ललितपुरमा कांग्रेसका उम्मेदवार चिरिवावु महर्जनले ३००२ भोट ल्याउँदै अग्रता लिएका छन् । कांग्रेसबाट उप मेयरका उम्मेदवारले १९ सय २३ म...

जेठ १०, २०७९

मेचीनगर नगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले)का गोपालचन्द्र बुढाथोकीले २६ हजार ४७८ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका इन्द्रबहादुर बुढाथोकीले २१ हजार ३११ मत प्राप्त गरे...

जेठ १२, २०७९

स्थानीय तह निर्वाचनमा १४ हजार ४०२ महिला निर्वाचित भएका छन् । हालसम्म परिणाम सार्वजनिक भएका पालिकाको अन्तिम मतपरिणामका आधारमा निर्विरोधसहित उक्त सङ्ख्यामा महिला निर्वाचित भएका हुन् ।  सो आँकडाका आधारमा ४...

जेठ १०, २०७९

तनहुँका १० पालिकाको प्रमुखमा महिला नेतृत्व शून्य भएको छ । विसं २०७४ को स्थानीय तह निर्वाचनबाट म्याग्दे गाउँपालिकाको अध्यक्षमा मायादेवी राना निर्वाचित भएर एक्लो पालिका प्रमुखको जिम्मेवारी निर्वाह गरेकी उनी यसपटकक...

जेठ १०, २०७९

दाङ तुल्सीपुर उपमहानगरपालिकामा मंगलबार बिहानसम्म ५९ हजार ५६३ मतगणना सम्पन्न भएको छ । प्राप्त मतपरिणामअनुसार एमालेबाट मेयर उम्मेदवार रहेका टिकाराम खड्काले २४ हजार ८९१ मत पाएका छन् । यस्तै गठबन्धनको साझा उम्मेदव...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x