०५ साउन २०८३, मंगलबार

काठमाडौंको टोखा नगरपालिकामा कांग्रेसकी रजनी ४२ मतले अगाडि

काठमाडौंको टोखा नगरपालिकामा कांग्रेसकी रजनी ४२ मतले अगाडि

काठमाडौंको टोखा नगरपालिकाको मेयरका लागि नेपाली कांग्रेस र एमालेबीच तीव्र प्रतिस्पर्धा देखिएको छ ।

नेपाली कांग्रेसको तर्फबाट मेयर उम्मेदवार रजनी थापा मात्र ४२ भोटले अघि छिन् । मंगलवार दिउँसोसम्मको नतिजामा ८ हजार ७५७ मत पाएकी छन् । 

नेकपा एमालेका प्रकाश अधिकारी ८ हजार ७१५ मतसहित दोस्रो स्थानमा छन् । उपमेयरमा कांग्रेसका मुरारी तामाङ ८ हजार ७६२ मतसहित अग्रस्थानमा रहँदा एमालेकी ज्ञानमाया डंगोल ८ हजार ४५ मतसहित दोस्रो स्थानमा छिन् । 

२०७४ सालको चुनावमा टोखा नगरपालिका एमालेले जितेको थियो । यसअघिका मेयर अधिकारी यसपटक पनि उम्मेदवार थिए ।

salt training

कमेन्ट गर्नुहोस्