
धादिङको गल्छी गाउँपालिकाको अध्यक्षमा एमाले उम्मेदवार केदारनाथ खतिवडा विजयी भएका छन् ।
उनले नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार कृष्णहरि श्रेष्ठलाई २५२ मतान्तरले पराजित गरेका छन् ।
खतिवडाले ७ हजार ३०९ मत ल्याएर विजयी हुँदा श्रेष्ठले ७ हजार ७५ मत पाएका छन् ।
कृष्णहरि यस अघि २०७४ को स्थानीय तह निर्वाचनमा उक्त गाउँपालिकाको अध्यक्ष थिए ।
उनी समावादीबाट उम्मेदवार भएका थिए ।
यो गाउँपालिकाको उपाध्यक्षमा भने नेपाली कांग्रेसका भाइकाजी तिवारीले जितेका छन् ।
तिवारीले ७ हजार ४९४ मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेकी राधा लामिछानेले ७ हजार ४८ मत पाएकी छन् ।