
महोत्तरीको मनरा शिसवा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका मोहन पाण्डेय निर्वाचित भएका छन् । ५ हजार ८८४ मत ल्याएर उनी निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा) नेपालका महेन्द्र रायले ४ हजार ९२० मत, लोकतान्त्रिक समाजवादी पार्टीका निवर्तमान मेयर संजयकुमार सिंहले २ हजार ७७२ मत, नेकपा एमालेका राजेन्द्र साह तेलीले २ हजार ३८२ मत र नेकपा माओवादी केन्द्रका कुन्दन कुमार झाले १ हजार २९६ मत ल्याएका छन् ।
उपप्रमुखमा नेपली कांग्रेसकी शकुन्तला देवी ५ हजार ७४५ मत ल्याएर निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी जसपाकी निर्मलाकुमारी देवीले ४ हजार ८४२ मत, लोसपाकी रमिता प्रधानले ३ हजार २१ मत, नेकपा एमालेकी पुष्पा कुमारीले २ हजार ४१४ मत र नेकपा माओवादी केन्द्रकी निशा कुमारीले ९८७ मत ल्याएकी छन् ।