
सिरहाको नवराजपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) नेपाल विजयी भएको छ ।
अध्यक्षमा जसपाका शिव उदगार यादव ४ हजार ५५४ मत ल्याएर निर्वाचित भएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विश्वमोहन प्रसाद यादवले २ हजार ५२५ मत, नेकपा एमालेका खुशीलाल साहले १ हजार ७५३ मत ल्याएका छन् ।
उपाध्यक्षमा जसपाकै पुनम कुमारी यादव ४ हजार ३१८ मत ल्याएर निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी शोभा कुमारी यादवले २ हजार ३८५ मत, एमालेकी संगीता कुमारी यादवले २ हजार ४६ मत ल्याएकी छन् ।