
सप्तरीको तिरहुत गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ ।
अध्यक्षमा कांग्रेसका विजयकुमार यादव ३ हजार ५५६ मत ल्याएर विजयी भएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा) नेपालका हेमन्तकुमार बहडखेरले २ हजार ९८६ मत, नेकपा एमालेका दिनेशकुमार यादवले २ हजार ७६१ मत ल्याएका छन् ।
उपाध्यक्षमा कांग्रेसकी विनादेवी यादवनी ३ हजार ५१ मत ल्याएर निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी जसपाकी रामवतीदेवी मण्डलले ३ हजार २० मत र एमालेकी सोभाकुमारी मेहताले २ हजार ५९३ मत ल्याएका छन् ।